काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा प्रदायकहरुलाई कारबाहीको चेतावनी दिएको छ ।
इन्टरनेट सेवा बाहेक अन्य सेवाहरु सञ्चालन गर्ने क्रममा इन्टरसेट सेवा, आईपीटीभी सेवा र अप्टिकल नेटवर्क युनिट तथा राउटरहरुका प्याकेज बनाइ केही सेवा निःशुल्क समेत प्रदान गर्नेगरी बण्डलिङ गरी प्रचार प्रसार गरेको पाइएको भन्दै प्राधिकरणले कारबाहीको चेतावनी दिएको हो ।
यसले स्वच्छ बजार प्रतिस्पर्धामा गम्भीर असर पुग्ने र जसका कारणबाट क्रस सब्सिडिटी समेत हुने भएकाले यस्तो कार्य नगर्न शुक्रबार एक सूचनामार्फत प्राधिकरणले सचेत गराएको छ ।
प्रधिकरणले भनेको छ, ‘विद्यमान कानुनी व्यवस्थाविपरीत गैरकानुनी रुपमा बण्डलिङ गरी सेवा सञ्चालन गरेको पाइएमा दूरसञ्चार ऐन, २०५३ बमोजिम कारबाही गरिने सम्बन्धित सबैमा अवगत गराइन्छ ।’
ऐनअनुसार सेवा प्रदान गर्दा प्रतिस्पर्धात्मक वातावरणमा बाधा पुग्ने गरी कुनैपनि कार्य गर्न नपाइने उल्लेख छ । साथै कुनै पनि अनुपतिप्राप्त व्यक्तिलाई एक सेवाबाट प्राप्त आय क्रस सब्सिडिटीको रुपमा अर्को सेवामा प्रष्योग गर्न समेत निषेध गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ असोज २०७९, ०७ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दूरसञ्चार प्राधिकरणको अध्यक्ष बन्न २५ जनाले दिए आवेदन