डा. देवकोटाको निधनबाट नेपालको चिकित्सा क्षेत्रमा अपूरणीय क्षति : अध्यक्ष प्रचण्ड

मंगलबार, ०५ असार २०७५, ११ : ४६
डा. देवकोटाको निधनबाट नेपालको चिकित्सा क्षेत्रमा अपूरणीय क्षति : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको निधनबाट नेपालको चिकित्सा क्षेत्रमा अपूरणीय क्षति भएको बताउनु भएको छ ।

अध्यक्ष प्रचण्डले दिवंगत डा. देवकोटा चिकित्सा क्षेत्रका एक नक्षेत्र रहेको बताउनुहुँदै उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ  । उहाँले शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्नुभएको छ ।

पित्तथैलीको अर्बुदरोगका कारण करीब एक वर्षअघिदेखि पीडित डा. देवकोटाको उपचारका क्रममा बाँसबारीस्थित नेशनल इन्स्टिच्यूट अफ न्यूरोलोजिकल एण्ड एलाइड साइन्सेसमा सोमबार साँझ ५ः३५ बजे निधन भएको हो ।

प्रतिक्रिया दिनुहोस