राजविराज । जनता समाजवादी पार्टी (जसपा) निकट जनवर्गीय संगठनले सप्तरीमा मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गरेको छ ।सदरमुकाम राजविराजमा राष्ट्रपति भण्डारीको जनवर्गीय संगठनले पुत्ला दहन गरेको हाे ।
सोही क्रममा प्रहरी र प्रदर्शनकारी बीच घम्साघसी हुदाँ दुई जना घाइते भएका छन् ।नागरिकता विधेयक प्रमाणीकरण नगरेको विरोधमा संगठनद्वारा राष्ट्रपति भण्डारीको पुत्ला जलाएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ११ असोज २०७९, २० : १७
लेखकबाट थप