काठमाडौं । आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुनावी गठबन्धन तथा सिट बाँडफाँट’ नेपाल कम्युनिस्ट पार्टी (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)बीच आज छलफल हुँदै छ ।
छलफलका लागि दुवै पार्टीका तर्फबाट वार्ता टोलीसमेत गठन गरिएको छ । टोलीले आगामी निर्वाचनमा चुनावी गठबन्धन र सिट बाँडफाँट टुंगो लगाउनेछ । काठमाडौंमा हुने छलफलका लागि स्थान र समय गोप्य राखिएको छ । दुवै वार्ता टोलीले आफूलाई छलफल हुने स्थान र समय’ थाहा नभएको जनाएका छन् ।
लोसपा कार्यकारिणी समिति सदस्य एवं वार्ता टोली सदस्य लक्ष्मणलाल कर्णले आज चुनावी गठबन्धन र सिट बाँडफाँट’ छलफल हुने जानकारी दिए । पार्टीले दिएको जिम्मेवारीअनुसार निर्वाचनकेन्द्रित विषयमा छलफल हुने उनको कथन छ । यो समाचार राजधानी दैनिकमा छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, ११ असोज २०७९, ०७ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अहिलेको गठबन्धनको विकल्प छैन, ओलीपछि देउवा प्रधानमन्त्री बन्नुहुन्छ : उपप्रधानमन्त्री सिंह
एकीकृत समाजवादीले स्थानीय तहको उपनिर्वाचनमा गठबन्धन गर्ने
आवश्यक परे अध्यादेश ल्याउन सकिन्छ, तर अहिले तयारी छैन : प्रधानमन्त्री ओली
काँग्रेस सदनलाई बन्धक बनाएर गठबन्धन भत्काउने चलखेलमा छ : एमाले
वर्तमान गठबन्धन भत्काउन देशी-विदेशी शक्ति लागि परे : केपी ओली
गठबन्धन कार्यदलको बैठक बालुवाटारमा