एजेन्सी । विश्वकपको तयारीमा रहेको अर्जेन्टिनाले होन्डुरसलाई ३(० ले पराजित गरेको छ। मेसीले दुई गोल गरेको खेलमा अर्जेन्टिनाले आफ्नो अपराजित यात्रा ३४ खेलसम्म पुर्याएको छ। अर्जेन्टिना पछिल्लो पटक २०१९ को कोपा अमेरिकाको सेमिफाइनलमा ब्राजिलसँग पराजित भएयता अपराजित रहँदै आएको छ।
३५ वर्षीय कप्तान मेसीले मियामीस्थित हार्ड रक स्टेडियममा उपस्थित दर्शकमाझ आफ्नो सानदार प्रदर्शन जारी राखेका थिए। खेलको १६औँ मिनेटमा लोउटारो मार्टिनेजको गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए।
पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा मेसीले पेनाल्टीमार्फत टिमको अग्रता दोब्बर बनाए। ६९औँ मिनेटमा मेसीले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरे।
इन्जो फर्नान्डेसको पासलाई मेसीले २५ यार्डबाट गरेको प्रहार आकर्षक गोलमा परिणत भएको थियो। अब अर्जेन्टिनाले अन्तिम मैत्रीपूर्ण खेलमा जमैकासँग बुधबार बिहान रेड बुल एरेना, न्यु जर्सीमा प्रतिस्पर्धा गर्ने छ।
दुई पटकको विश्व च्याम्पियन अर्जेन्टिना कतार विश्वकपको समूह सी मा रहेको छ। जहाँ उसले समूहचरणमा पोल्यान्ड, मेक्सीको र साउदी अरेबियाविरुद्ध प्रतिस्पर्धा गर्ने छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०८ असोज २०७९, ०९ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अर्जेन्टिना विश्वकप २०२६ का लागि छनोट
उरुग्वेलाई हराउँदै अर्जेन्टिना विश्वकप छनोट नजिक
विश्वकप छनोट: मार्टिनेजको गोलमा अर्जेन्टिनाको जित
मेसीको ह्याट्रिकसहित अर्जेन्टिनाको आधा दर्जन गोल
अर्जेन्टिनामाथि कोलम्बियाको शानदार जित
ओलम्पिक फुटबलको सेमिफाइनल समीकरण पुरा