काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर लोकतन्त्र,शक्ति सन्तुलन,नियन्त्रण र पृथकीकण तथा संविधानवादको हुर्मत लिएको टिप्पणी गरेका छन् ।
नागरिकता विधेयक सही कि गलत भनेर ठम्याउने काम संसद तथा सरकारको भएको उल्लेख गर्दै केसीले राष्ट्रपतिबाट भएको निर्णय असंवैधानिक भएको टिप्पणी गरेका हुन् ।
‘नागरिकता विधेयक कति सही र गलत छन् ? यो जनताको विवेकले ठम्याउने र संसद तथा सरकारको जिम्मेवारीको विषय ह’, केसीले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘तर किटानी संवैधानिक व्यवस्थाको गम्भीर उलंघन गर्दै संवैधानिक राष्ट्रपतिले अस्वीकृत गर्नु संविधान र लोकतन्त्र,शक्ति सन्तुलन,नियन्त्रण र पृथकीकण तथा संविधानवादको हुर्मत लिएको छ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०५ असोज २०७९, ०७ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वप्रधान्यायाधीशको नेतृत्वमा भ्रष्टाचार छानबिन गरौं : अर्जुन नरसिंह केसी
सुन काण्डमा संलग्न भएका सबै दोषीलाई कारबाहीको दायरामा ल्याउँनुपर्छ : सांसद केसी