चितवन । संविधान दिवसको अवसरमा कारागार कार्यालय भरतपुरका १२ जना कैदीले कैद मिनाहा पाएका छन् । संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले चितवन कारागारका १२ कैदीको कैद मिनाहा गरेकी हुन् । कारागार कार्यालयका प्रमुख कमलप्रसाद आचार्यका अनुसार २२ जनाको कैद मिनाहाका लागि सिफारिस गरिएको थियो । जसमध्ये १२ जनाले कैद मिहाना पाएका हुन् ।
कैद मिनाहा पाउने १२ जनानै पुरुष हुन् । आचार्यका अनुसार सवारी ज्यान मुद्दाका आठ, कर्तव्य ज्यान मुद्दाका एक र चोरी सम्बन्धी मुद्दाका तीन जनाको कैद मिनाहा भएको हो । उनीहरु मध्ये १० जनाले ५० प्रतिशत र दुई जनाले ४० प्रतिशत कैद भुक्तान गरेका छन् ।
असल चालचलन भएकाहरुलाई कैद मिनाहाका लागि सिफारीस गर्ने गरिन्छ । असल चालचलन र मुद्धाको प्रकृतिका आधारमा राष्ट्रपतिले कैद मिनाहा गर्न सक्ने कानुनी व्यवस्था रहेको छ ।
चितवन कारागारमा हाल सात सय ५५ जना कैदी बन्दी रहेका छन् । जस मध्ये कैदी पुरुष तीन सय ८३ तथा थुनुवा तीन सय १६ जना रहेका छन् । यस्तै कैदी महिला २९ र थुनुवा २७ जना छन् । यस्तै कारागारमा दुई नाबालिग र नाबालक पनि रहेका छन् । कारागारको क्षमता भने दुई सय ८० जना कैदी बन्दीको मात्रै रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०३ असोज २०७९, १६ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कारागारमा चाप बढेपछि कैदीबन्दी स्थानान्तरण
चितवन कारागारबाट १६ जना कैदीबन्दी स्थानान्तरण