चितवन । भरतपुर महानगर १० सिनर्जी रोड परिसरका सबै जसो मासु पसलले अस्वस्थकर मासु बिक्री गर्ने गरेको भेटिएको छ । भरतपुर महानगरले गरेको संयुक्त बजार अनुगमनका क्रममा सो क्षेत्रमा रहेका सिनर्जि मासु पसल, आलम जहिर मासु पसल , शाहिद मासु पसल, न्यु क्वालिटि मासु पसल, कुरैसी मासु पसलले निकै अव्यवस्थित र फोहोर तबरले मासु बिक्री गर्ने गरेको भेटिएको भरतपुर महानगरका पशु शाखाका पशु चिकित्सक तथा अनुगमन समितिका संयोजक श्याम राज देवकोटाले बताए । गत वर्ष भन्दा यो वर्ष सरसफाईमा केही सुधार भएपनि सन्तोषजनक अवस्था भने नदेखिएको देवकोटाको भनाइ छ ।
सिनर्जि मासु पसलमा मासु काट्ने, भण्डारण गर्ने र कर्मचारी सुत्ने एकै ठाउँमा रहेको र त्यहाँ निकै फोहोर र दुर्गन्धित भेटिएको उनले बताए । त्यस्तै आलम जहिर मासु पसलले अस्वास्थ्य खसी बिक्री गर्र्ने गरेको भेटिएको पनि उनले बताए । अनुगमनका क्रममा काट्नका लागि तयारी अवस्थामा राखिएको खसी रोगी भेटिएको र त्यसलाई उपचार गरेर निको भएपछि मात्रै बिक्री सुझाब दिएको उनले बताए ।
सो क्रममा माडी माछापसलको पनि अनुगमन गरिएको थियो । त्यहाँ भने दर्ता र नबिकरण नगरेको पाईएको थियो ।त्यस्तै सो क्रममा होटल लाईमन एण्ड लेमनको पनि अनुगमन भएको थियो । त्यस्को भने सरसफाईको अवस्था सन्तोषजनक देखिएको र खाद्य स्वच्छतामा ध्यान दिन सुझाब दिएको उनले बताए ।
सो क्रममा सिनर्जी रोडका किराना पसल सैलुन तथा होटलहरुको अनुगमन भएको थियो । अधिकाशंले महानगरमा दर्ता नगरेको भेटिएकाले उनिहरुलाई तुरुन्तै महानगरमा दर्ता गर्न सुझाब दिएको उनले बताए ।
उपभोक्ता अधिकार संरक्षण एन २०७५ को दफा ६४ र २८ ले स्थानिय निकायलाई बजार अनुगमन गर्ने अधिकार प्रदान गरेकाले महानगरले नियमित रुपमा संयुत्त बजार अनुगमन गरेको भरतपुर महानगरका उपभोक्ता हित संरक्षण शाखा तथा शासकिय सुधार ईकाईका अधिकृत थानेश्वर सापकोटाले बताए । उपभोक्ता हक हित संरक्षण र स्वस्थ्य बजार कायम राख्न महानगरपालिकाले नियमित बजार अनुगमन गरिरहेको उनले बताए ।
चाडपर्वलाई बिशेष ध्यान दिईएको पनि उनि बताउँछन् । अनुगमनमा विल बिजक भए नभएको , मुल्य सुचि भए नभएको, साईन बोर्ड भए नभएको, लेवल भए नभएको, नापतौलको अवस्था सबै हेरिएको उनी बताउँछन् । अनुगमनमा सामान्य कमजोरी देखिएकालाई समय दिएर सुधार गर्न आग्रह गरेको र पटक पटक लापरबाही गरेको देखिएमा जरिवाना गर्ने गरिएको उनले बताए ।
महानगरले यहि मंगलबारबाट महानगरका कार्यवहाक नगर प्रमुख चित्रसेन अधिकारी सहित नगरका प्रमुख प्रशासकिय अधिकृत नारायण सापकोटाको उपस्थितीमा अनुगमन सुरु गरेको थियो ।
मंगलवार बालकुमारी तरकारी बजार र त्यहाँका मासु पसलहरुको अनुगमन गरेको थियो भने बुधबार भरतपुरको केन्द्रिय बसपार्कका पसलहरुको अनुगमन गरेको थियो।अनुगमनका लागि अनुगमन मात्रे नभै परिणाममुखी अनुगमन गर्न आवस्यक रहेको जिल्ला प्रशासन कार्यालय चितवनका अनुगमन अधिकारी उमेश चन्द्र पन्थिले बताए ।
उपभोक्ताको अधिकार हनन गर्ने अधिकार कसैमा पनि नभएकाले अनुगमनमा कमजोरी देखिए तुरुन्तै जरिवाना गर्नुपर्ने उपभोक्ता अधिकार संरक्षण मन्चका उपाध्यक्ष बिष्णु भुषालले बताए ।
प्रतिक्रिया दिनुहोस
प्रकाश सिग्देल
शुक्रबार, ३१ भदौ २०७९, १७ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुरमा भूमिगत विद्युतीकरणको काम ७० प्रतिशत सकियो
भरतपुर महानगरपालिकाद्धारा तीन पाङ्ग्रे अटोको रुट परमिट दिन सुरु
पुंगी खोलाको अवैध संरचना भत्काउने कार्य जारी
भरतपुर महानगरमा छोरी बीमा कार्यक्रम
सयपत्री र मखमली मालाको मूल्य निर्धारण, स्थानीय उत्पादनलाई प्रयोग गर्न महानगरको जोड
आगामी एसईईको नतिजा सुधारमा जुट्यो भरतपुर महानगर, विद्यालयहरुले तोके लक्ष्य