काठमाडौं । नेपाली सेनाले २२९ जना सहायक सेनानी माग गरेको छ। आज गोरखापत्रमा सूचना निकालेर सेनाको भर्ना छनौट निर्देशनालय जंगी अड्काले अधिकृत (सहायक सेनानी) मागेको हो।
खुला तथा समावेशी प्रतिस्पर्धाद्वारा पदपूर्ति गरिने सेनाले जनाएको छ। सेनाको वेबसाइटबाट फारम डाउनलोड गरी भर्ना केन्द्रमा १० रूपैयाँको टिकट टाँसेर आवेदन भर्न सकिने सेनाले बताएको छ।
काठमाडौंस्थित स्वयम्भू बारूदखाना परिसर, इटहरीस्थित पूर्वी पृतना हेडक्वार्टर, महोत्तरी, हेटौंडा, पोखरा, बुटवल, सुर्खेत र कैलालीबाट पनि आवेदन फारम गर्न सकिने निर्देशनालयले जानकारी दिएको छ।
आवेदन दिँदा एक हजार दस्तुर लाग्नेछ। प्रमाणपत्र तह वा सो सरह पास गरेकाले अधिकृत क्याडेटका लागि आवेदन दिन सक्नेछन्। उचाइ पुरूषका हकमा ५ मिट ३ इन्च र महिला ५ फिटको हुनुपर्नेछ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३१ भदौ २०७९, ०८ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली सेनामा भर्ना खुल्यो, २६०० भन्दा बढी जनशक्ति माग
अराजकताले सीमा नाघ्यो, देशको सार्वभौमसत्ता र स्वतन्त्र खतरामा छ : बंगलादेश सेना
शक्ति राष्ट्रहरूको बदलिँदो नीतिले पार्ने प्रभावलाई नियालिरहेका छौं : सेना
शीतलहर पीडितलाई सेनाको सहयोग
नेपाली सेनामा भर्ना खुल्यो (सूचनासहित)
नेपाली सेनाले माग्यो विभिन्न पदमा दरखास्त