चितवनमा यस्तो रह्यो अखिल (क्रान्तिकारी)को शैक्षिक हड्तालको प्रभाव

आइतबार, ०३ असार २०७५, ०८ : १८
चितवनमा यस्तो रह्यो अखिल (क्रान्तिकारी)को शैक्षिक हड्तालको प्रभाव

चितवन ।  अखिल (क्रान्तिकारी)को अाव्हानमा भएको एकदिने शैक्षिक हड्तालको प्रभाव चितवनमा पनि देखिएको छ ।
बिहानैदेखि चितवनका शैक्षिक संस्थाहरू पूर्ण रुपमा बन्द भएका छन् । निजी तथा अन्य शैक्षिक संस्थाका सवारी साधनहरुले बजार क्षेत्रमा भिडभाड देखिने गरेको भएपनि अाईतबार त्यस्तो देखिएको छैन ।

अखिल (क्रान्तिकारी) चितवनका जिल्ला उपाध्यक्ष सुसन चितुनेले "कुनैपनि शैक्षिक संस्था खुलेमा डटेर प्रतिरोध गर्छौ" भने । उनले अाफ्ना नेता तथा कार्यकर्ता गिरफ्तारको विरोध तथा बढ्दो मुल्यवृद्दिको विरोधमा हड्तालको अाव्हान गरिएको बताए ।
केन्द्रीय कार्यक्रम अन्तगर्त शैक्षिक हड्ताल गरिएको बताईएको छ । बन्दको क्रममा कुनैपनि अप्रिय घटना नभएको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस