काठमाडौं । राप्रपा नेपालका शीर्ष नेताहरुले आगामी संघीय निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दिने भएका छन् । पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा बुधबार बसेको सचिवालय बैठकले प्रत्यक्षमा सकेसम्म पार्टीका पदाधिकारी तथा वरिष्ठ नेताहरूले उम्मेदवारी दिने निर्णय गरेको प्रवक्ता वसन्तमान सिंह अधिकारीले जानकारी दिए ।
बैठकले पार्टीका उपाध्यक्ष डा बिष्णु भण्डारीद्वारा प्रस्तुत प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन घोषणापत्र परिमार्जन सहित पारित गरेको छ । यस्तै निर्वाचनको प्रत्यक्ष र समानुपातिक निर्वाचनका लागि प्रदेश तथा जिल्लाहरूबाट प्राप्त उम्मेदवारहरूको नामावली पेश भएको अधिकारीले बताए । उपरोक्त नामावलीलाई अध्ययन गरी संसदीय बोर्डले भाद्र मसान्तभित्र अन्तिम रुप दिने निर्णय भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २९ भदौ २०७९, १७ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगामी मंसिरमा महाधिवेशन गर्ने राप्रपा नेपालको निर्णय
राप्रपा नेपालको केन्द्रीय समिति बैठक आज पनि बस्ने
राप्रपा नेपालको केन्द्रीय समिति बैठक आज
राप्रपाको केन्द्रीय समिति बैठक भोलि बस्दै
राप्रपा नेपालले बोलायो केन्द्रीय समिति बैठक
मुलुकको समस्या समाधान गर्न अहिलेको व्यवस्थाले सक्दैन : कमल थापा