महराको नाम लिदै एचआइडिसिएलमा पोखरेलको दादागिरी

शनिबार, ०२ असार २०७५, २० : ०८
महराको नाम लिदै एचआइडिसिएलमा पोखरेलको दादागिरी

काठमाडौं । सरकारले जलविद्युत् क्षेत्रमा लगानीका लागि सहजीकरण गर्ने र कर्जा उपलब्ध गराउने लक्ष्यका साथ स्थापना गरेको जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेड बैंकका पैसा राखेर हल्ला गर्ने हल्लाखोर निकायको रुपमा स्थापित भएको छ । त्यसको प्रमुखका रुपमा रहेका गरिबी निवारण कोषमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारी भनेर डामेका छविराज पोखरेल ।

गरिबी निवारण कोषमा रहँदा गरिब उत्थान कार्यक्रमको पैसा दुरुपयोग गरेको अभियोग लागेका पोखरेलले पछिल्लो पटक तत्कालीन माओवादी भित्रका गच्छदार प्रवृत्तिका नेता भनेर चिनिएका कृष्णबहादुर महराको चाकडी गरेर जलविद्युत् लगानी तथा विकास कम्पनीको प्रमुख कार्यकारी अधिकृत बन्न भ्याए ।

सम्वद्ध स्रोतकाअनुसार उनले अहिले पनि सभामुख रहेका महराको नाम लिदै आफ्ना विरोधीलाई थर्काउने गरेका छन् । पोखरेलले सिंहदरबारको दक्षिण गेट अगाडि रहेको कम्पनीको कार्यालयमा बसेर भन्ने गरेका छन् , मत महरा सरकारको मान्छे हो, मलाई कसैले केही गर्न सक्दैन । उनले कम्पनीको पैसामा समेत नजर गाँडेका छन् । पैसा देख्दा महादेवको समेत तेस्रो नेत्र खुल्छ भने जस्तै पोखरेलले विना कुनै कानुनी आधार कम्पनीको पैसा अपचलन गरेको पाइएको छ । पोखरेलले बढी व्याज आउने भन्दै वित्तीय रुपमा संकटग्रस्त अवस्थामा पुगेका केही बैंक तथा सहकारीमा समेत सरकारी पैसा राखेर विचौलिया बन्दै व्याज खाने गरेका छन् ।

कम्पनीका अघिल्ला प्रमुख कार्यकारी अधिकृत दीपक रौनियारले केही काम गर्न खोजेका थिए । उनको जलविद्युत्मा केही गरौ र कम्पनीलाई पनि स्थापित गरौ भन्ने सोच थियो ।  कर्मचारी सञ्चय कोषमा रहेर ठूलो रकम परिचालन गरेको वित्तीय ज्ञान तथा अनुभव समेत उनमा थियो । उनले कम्पनीलाई आम रुपमा स्थापित गराएका थिए ।
तर चार वर्षे कार्यकाल पूरा गरेर उनी कम्पनीबाट बाहिरिएपछि कम्पनी देखाउने एउटा संस्थाका रुमपा मात्रै स्थापित छ । कम्पनी छ कि छैन भन्ने कुरा ऊर्जा मन्त्रालयले समेत थाहा नपाउने अवस्था रहेको छ । त्यतिमात्रै होइन कम्पनी अर्को बैंकको रुमपा स्थापित भएको, बढी भन्दा बढी व्याज लिने र निजी ऊर्जा उद्यमीलाई कसीकसाउ गर्ने संस्थाको रुपमा मात्रै स्थापित भएको उद्यमीहरुको गुनासो छ । अरु बैंक र जलविद्युत् लगानी तथा विकास कम्पनीमा केही फरक  भएन, निजी क्षेत्रका ऊर्जा उद्यमीहरुको आक्रोश छ । वर्षमा एकाध पटक कार्यक्रम गर्ने, केही पटक एकाध सञ्चारकर्मी बोलाएर प्रशस्ती प्रचार गराउन लगाउने बाहेक कम्पनीको अरु भूमिका छैन । कम्पनीका प्रमुख कार्यकारी अधिकृत रहेका छविराज पोखरेल जलविद्युत्को ज पनि नबुझेका व्यक्ति हुन् ।

जागिरका लागि रोइकराई गर्दै शक्ति केन्द्र धाएर कम्पनीका प्रमुख कार्यकारी अधिकृत बनेको पोखरेलकै कारण कम्पनी धरापमा पारेको र आर्थिक अपचलन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको छ । सो उजुरीमाथि छानबिन भइरहेको बताइन्छ ।  स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इपानले त कम्पनी र अरु वाणिज्य बैंकमा केही फरक नभएको टिप्पणी यस अघि नै सार्वजनिक गरेको छ । इपानले कम्पनीको भूमिका जलविद्युत् क्षेत्रमा सहयोगी नभई अवरोध गर्ने अर्को निकायको रुपमा रहेको जनाएको छ । केही न केही नगरिकन त जागिर पचाउन पनि गाह्रो होला भन्दै कम्पनीले वर्षमा एक पटक साधारणसभाको आयोजना गर्छ भने एकाध पटक पत्रकार सम्मलन गरेर कम्पनीले यसो यसो गरिरहेको छ भन्ने पूरानै जानकारी दिने गरेको छ ।

प्रसंग हो कम्पनीले गत  शुक्रबार आयोजना गरेको कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोखरेलले पूरानै कुरा दोहो¥याएका थिए । उनले फूकोट कर्णालीमा कम्पनीले एक अर्ब २६ करोड लगानी गरेको पूरानै कुरा गरेर जग हसाएका थिए ।  जबकी यो निर्णय गत वर्ष नै भएको हो । कम्पनीमा पोखरेल आउनु अगावै भएको निर्णयलाई हालसम्म प्रचार गरेर कम्पनी बसीरहेको छ ।

नयाँ केही पनि काम नगर्ने, विगतकै कामको हल्ला मात्रै गरेर बस्ने प्रवृत्ति कम्पनीमा देखिएको छ । सरकारले ऊर्जा उत्पादन गर्न चाहने निजी तथा सरकारी कम्पनीलाई स्वपूँजी उपलब्ध गराउने लक्ष्यका साथ कम्पनी स्थापना गरेको हो । तर कम्पनीले विश्व बैंकले उपलब्ध गराएको रकम समेत आफैले दिएको भन्दै प्रचार गरिरहेको छ । बुटवल पावर कम्पनीले निर्माण गरिरहेको काबेली आयोजनाका लागि विश्व बैंकले उपलब्ध गराएको ऋण समेत कम्पनीले आफूले नै दिएको भनेर प्रचार गरेको छ ।

कम्पनीले ४२६ मेगावाट क्षमताको फुकोट कर्णाली परियोजनामा करिब एक अर्ब २६ करोड लगानी गरेको दावी गरेको छ । जब की सो आयोजनाको हाल विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) निर्माणको काम भइरहेको छ । जलविद्युत् उत्पादन कम्पनीले त्यसका लागि काम गरिरहेको छ । कम्पनीका कार्यकारी अधिकृत पोखरेलले चालु आवदेखि जलविद्युत् परियोजनामा पनि शेयर लगानी शुरु गरेको बताउँदै यसैअन्तर्गत उक्त परियोजनामा १०

प्रतिशत शेयर मूल्य बराबरको रकम लगानी गरिएको हावादारी तथ्यांक सुनाएका थिए । आफ्ना विरोधीले राम्रो काम गरेको देखि नसहेको उनको भनाइ थियो । तर ऊर्जा मन्त्रालयका सहसचिव उदयराज सापकोटाले पूरानै कुरा आएको भन्दै पोखरेलको प्रतिवाद गरेका थिए । केही न केही नयाँ गर्नुप¥यो, सधै पूरानै कुरा गरेर कम्पनी चल्न सक्छ, यस्ता कुराले भएन – सापकोटाले पोखरेलको कुरामा विमति जनाएका थिए । ऊर्जाका सहसचिवले विमति जनाएपछि पोखरेलले झण्डै हात हाल्ने अवस्थामा पुगेको कार्यक्रमका सहभागीले बताएका छन् ।
तर नायब महाप्रबन्धक अरुण रजौरियाले भने वस्तुगत तथ्यांक पेश गर्दै सोचे अनुसार काम गर्न नसकिएको भन्दै आगामी दिनमा सुधार गरेर जान आफुहरु तयार रहेको बताएर अवस्थालाई थामथूम पारेका थिए । उनले कूल ५४१ मेगावाट क्षमताको १४ वटा आयोजनामा लगानी गर्ने विषयमा छलफल मात्रै भएको र छलफलका आधारमा ६अर्ब ७८ करोड ऋणका लागि माग आएको बताएर अवस्थालाई सामान्यिकरण गरेको स्रोतको दावी छ ।  

हामीले छलफल गरेर, आवश्यक कागजात हेरेर ऋण दिने तयारी गरेका छौ, केही आयोजनाले पैसा लगेका छन्, केहीले छलफल गरिरहेका छन् – उनले भने । कम्पनीले राष्ट्रिय प्रशारण कम्पनीलगायत पाँचवटा विद्युत् कम्पनीमा रु ३४ करोड बराबरको शेयर लगानी गरेको छ । बैंकका पैसा राखेर कम्पनीले शेयर धनीलाई करीब रु ९० करोड बराबरको लाभांशका रुपमा वितरण गरेको समेत दावी गर्नेमा पोखरेल अगाडि रहेका थिए ।

बैंकर अनिल शाहले समेत पोखरेलको सातो लिएका थिए सो कार्यक्रममा । उनले जुन प्रयोजनका लागि कम्पनी स्थापना भएको हो, सोही कार्यमा उपयोग गर्न कम्पनीलाई सुझाव मात्रै दिएनन् कार्यकारी प्रमुखको भूमिका समेत प्रभावकारी नभएको भन्दै यस्तो तालले कम्पनी डुब्ने बताएका थिए । । बैंकमा पैसा राखेर व्याज मात्रै खाने प्रवृत्तिले हित नगर्ने भन्दै कम्पनीको नेतृत्वमा रहेको कमजोरी सञ्चाउनुपर्ने भन्दै पोखरेल माथि नै सबैले प्रहार गरेपछि होटल अन्नपूर्णको स्वीमिङ पुलमा बसेर उनले ‘ बल्र्ड दरबार’ नामक मदिराको दुई फूल भ्याएर मात्रै निस्किएको र उनका चालकले समातेर घर पु¥याउनु परेको कम्पनीका एक अधिकारीले बताए । महराको नाम लिदा समेत सबैले मलाई पेले भन्दै उनी विगत केही दिन देखि कार्यालय समेत नगएको बताइन्छ ।

 

प्रतिक्रिया दिनुहोस