टिभिएसको ‘कायापलट’ योजनामा ग्राहकहरुले जिते लाखौंको नगद उपहार

सफल खबर संवाददाता

बुधबार, २९ भदौ २०७९, १० : २१
टिभिएसको ‘कायापलट’ योजनामा ग्राहकहरुले जिते लाखौंको नगद उपहार

काठमाडौं । नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले चाडपर्वलाई मध्यनजर गर्दै ‘कायापलट’ नामक योजना सार्वजनिक गरेको छ । जसअनुसार आठौं दिन धापासी निवासी भुजेन्द्र सरु मगरले बौद्ध टुसालको अटो साउन्ड ट्रेडर्सबाट एन्टर्क १२५ रि एफ आइ स्कुटर खरिद गर्दा १०० % क्यासब्याक पाउन सफल भएका छन् । 

यस्तै स्याङ्जाका ईम वहादुर गुरुङ्गले बुटवलको बालाजी अटोमोबाईल्सबाट एन्टर्क १२५ एफ आइ स्कुटर किन्दा १ लाख ४,००० जितेका छन् । यस्तै ललितपुरका असन कुमार राईले बालकुमारीको न्याब इन्जिनियरिङबाट एन्टर्क  १२५ एफ आइ स्कुटर किन्दा २६,००० हात पार्न सफल भएका छन् । यस्तै योजना बारे सोधपुछ गर्ने ८ जना ग्राहकहरुले रियलमी सी ३० स्मार्ट फोन पनि जितेको कम्पनीले जनाएको छ । 

कम्पनीका अनुसार यो योजना अन्तर्गत ग्राहकले टिभिएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा पाँच पटक सम्म आकर्षक उपहार प्राप्त गर्न सक्छन् । योजना अन्तर्गत नकिन्दै एक लाख र खरिद गरेपछि दस लाख सम्म जित्ने मौका रहेको छ । हरेक दिन योजना बारे सोधपुछ गर्ने एक भाग्यशाली विजेतालाई  स्मार्ट  प्रदान गरिन्छ ।

साथै हरेक हप्ता एक खरिदकर्तालाई सम्पूर्ण नगद फिर्ता गर्ने र एक भाग्यशाली विजेतालाई बम्पर उपहार रु.५० लाखको नगद पुरस्कार उपलब्ध गरिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो योजनामा  फाइनान्स अफर पनि समावेश छ । जस अन्तर्गत २०% डाउनपेमेन्ट वा रु ४,२०० को मासिक  ईएमआइमा बाइक तथा स्कुटर किन्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस