पोखरामा आइएमईको प्रभात फेरी

शनिबार, ०२ असार २०७५, १४ : ४५
पोखरामा आइएमईको प्रभात फेरी

पोखरा । चौथो अन्तर्राष्ट्रिय पारिवारिक विप्रेषण दिवसको अवसरमा आइएमईले पोखरामा   शनिबार प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ । प्रवासी/आप्रवासी नागरिकहरूले परिवारको लालनपालन र आफु जन्मेको देशको दिगो आर्थिक विकासमा रेमिटेन्स मार्फत पु¥याउदै आएको महत्त्वपूर्ण योगदानको सम्मानमा सन् २०१५ देखि हरेक जुन १६मा यो दिवस मनाउदै आइएको छ ।  समग्र विश्वको विकासका  लागि रेमिटेन्सको मिलेर उपयोग गर्न नागरिक समाज, नीजि र  सार्वजनिक क्षेत्रलाई प्रेरणा प्राप्तहोस् भन्ने उद्देश्यका साथ यो दिवस मनाउन थालिएको हो ।

‘सुरक्षित रेमिटेन्सका लागि आधिकारिक माध्यम नै प्रयोग गरौँ’ भन्ने नारा अंकित प्लेकार्ड बोकेर गरिएको प्रभातफेरीमा  आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, प्रवन्ध निर्देशक हेमराज ढकाल, आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल आइएमईका वाण्ड एम्बास्डर दिपकराज गिरी र दीपानिरौला  लगायत आइएमईका व्यावसायिक साझेदार एवम् आइएमई ग्रुपमा कार्यरत उच्च पदस्थ कर्मचारीहरूसहित करिव २ सय जनाको उपस्थिती रहेको थियो । पोखरा बिरौटास्थित पोखरा ग्राण्ड होटलबाट शुरु भएको प्रभातफेरी मुस्ताङ्गचोक हुँदै पृथ्वीचोकबाट पुनःहोटलमा आइ समापन भएको  थियो ।

आफ्नो स्थापना देखिनै रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको १८औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी १ सय ७४ आइएमई सेन्टरसहित ७५ जिल्लाका ७ हजार ५ सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दःुखगरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेकाआफन्तको हातमा छिटो, छरितो,विश्वसनीय र सुरक्षिततवरबाट वितरण गर्दै आईरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस