काठमाडौँ । न्याय परिषदले सर्वोच्च अदालतका लागि तीन जनाको नाम सिफारिस गरेको छ। उच्च अदालतका दुईजना र प्राध्यापन क्षेत्रबाट एक जनालाई परिषदले सर्वोच्चको न्यायाधीशका लागि सिफारिस गरेको हो।
न्याय परिषद स्रोतका अनुसार उच्च अदालतका मुख्य न्यायाधीश निता गौतम दीक्षित र न्यायाधीश विनोद शर्मा गौतम सिफारिस भएका छन्। नेपाल ल क्याम्पसका प्रमुख डीएन पराजुलीलाई पनि सर्वोच्चको न्यायाधीशमा सिफारिस गरिएको हो। सर्वोच्चमा २१ जना न्यायाधीश रहने संवैधानिक व्यवस्था छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २१ भदौ २०७९, २० : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाथीभरामा केबलकारको काम रोक्न सर्वोच्चको आदेश
सर्वोच्चमा दर्ता भयो हितेन्द्रदेव शाक्यको रिट
सर्वोच्चमा कुलमानको रिट दर्ता, भोलिलाई पेसी
पाथीभरा केबलकार निर्माणविरुद्धको रिट निवेदन सर्वोच्चबाट दरपीठ
काठमाडौँ विश्वविद्यालयका डाक्टरहरू सर्वोच्चमा
सर्वोच्चको न्यायाधीशमा सिफारिस निरौला र पाण्डेविरुद्ध उजुरी आह्वान