जबरालाई कुर्दै महाअभियोग सिफारिस समिति

सफल खबर संवाददाता

आइतबार, १९ भदौ २०७९, १२ : ०७
जबरालाई कुर्दै महाअभियोग सिफारिस समिति

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग आइतबार पनि बयान लिँदै छ । 

यसका लागि आइतबार बिहान ११ बजेदेखि समितिको आन्तरिक बैठक बसेको छ । मध्यान्ह १२ बजेपछि जबरा बैठक आउनेछन् । तर, यसअघि तयारीका लागि समितिको बैठक बसिरहेको छ । 

४३ वटा प्रश्न तयार पारेको समितिले यसअघिका दुईवटा बैठकमा जबरासँग ६ वटा प्रश्न सोधेको छ ।  

प्रतिक्रिया दिनुहोस