एजेन्सी । पाकिस्तानमा आएको विनाशकारी बाढीका कारण देशमा करिब १ हजार ३ सय जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले शनिबार दिएको जानकारीअनुसार विगत २४ घण्टामा २९ जनाको ज्यान गएपछि जुनदेखि मृत्यु हुनेको संख्या १ हजार ३९० पुगेको छ ।
यसैबीच, पाकिस्तानका सरकारी निकाय र निजी गैरसरकारी संस्थाहरूले उद्धार तथा राहात जारी राखेका छन् । बाढीका कारण देशको एकतिहाई भूभाग जलमग्न छ । बाढीबाट विशेषगरी बलुचिस्तान, दक्षिणमा बलुचिस्तान, खैबर पख्तुनख्वा र सिन्ध प्रान्तहरू प्रभावित छन् ।
बाढीले १४ लाख ६८ हजार ९१ घरहरु आंशिक वा पूर्ण रुपमा क्षेतिग्रस्त भएका छन् भने ७ लाख ३६ हजार ४५९ पशुचौपाय मारिएका छन् । आन्तरिक विस्थापनका कारण अहिले बलुचिस्तान, खैबर पख्तुनख्वा, सिन्ध र पञ्जाबमा ५ लाखभन्दा बढी मानिस राहत शिविरमा बसिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, १९ भदौ २०७९, ११ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाकिस्तानमा भारी वर्षा र चट्याङका कारण मर्नेको सङ्ख्या ३९ पुग्यो
अफगानिस्तान र पाकिस्तानमा बाढीको प्रकोप, ५७ जनाको मृत्यु
पाकिस्तानमा कुनै पनि मन्त्रीले तलब नलिने
पाकिस्तानमा इमरान खानसहित पीटीआई नेताका नाममा पक्राउ पुर्जी जारी
पाकिस्तानको पञ्जाबमा आवासीय भवन भत्किँदा ९ जनाको मृत्यु, २ घाइते
पाकिस्तानको राष्ट्रपतिमा आसिफ अली जरदारी निर्वाचित