महाकाली–मेची युवा जागरण कर्णालीबाट लुम्बिनी प्रदेशमा प्रवेश

सफल खबर संवाददाता

शनिबार, १८ भदौ २०७९, १९ : १२
महाकाली–मेची युवा जागरण कर्णालीबाट लुम्बिनी प्रदेशमा प्रवेश

सुर्खेत । युवा संघ नेपालद्वारा आयोजित महाकाली–मेची युवा जागरण अभियान कर्णाली प्रदेशको राजधानीबाट लुम्बिनी प्रदेशको कोहलपुरमा प्रवेश गरेको छ।

शनिबार बिहान सुुर्खेतमा मोटरसाइकल र्‍यालीका साथ शुरु भएको महाकाली–मेची अभियानअन्तर्गत कोणसभा सम्पन्न भयो। सुब्बाकुनादेखि मंगलगडीचोकसम्म मोटरसाइकल र्‍याली निकालिएको थियो। र्‍यालीलाई कोणसभामा परिणत गर्दै राष्ट्रियताको पक्षमा नेपाली युवाहरू निरन्तर लागी पर्ने प्रतिबद्धता जाहेर गरिएको थियो।

कार्यक्रममा नेकपा(एकीकृत समाजवादी) पार्टीका नेता–कार्यकर्ताको साथै युुवासंघको केन्द्रीय टोलीले सम्बोधन गरेको थियो। ‘राष्ट्र निर्माणमा युवा जनशक्ति परिचालन गरौँ, भ्रष्टाचारको जरो उखेलौँ’, भन्ने नाराका साथ अभियानको थालनी गरिएको थियो।

जनतामा सकारात्मक सन्देश प्रवाह गर्दै राजनीतिप्रति उत्साह बढाउने, युवा पलायनलाई रोक्ने तथा भ्रष्टाचारविरुद्ध आवाज उठाउने र समाजवादी यात्रामा आम जनसमुदायलाई लामबद्ध हुन प्रेरित गर्ने सन्देश प्रवाहको लागि अभियान सुरु गरिएको युवा संघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस