एजेन्सी । प्रिमियर लिग फुटबलमा आर्सनलले लगातार पाँचौं जित निकालेको छ । बुधबार राति भएको खेलमा आर्सनले एस्टन भिल्लालाई २–१ ले हराएको हो ।
घरेलु मैदानमा आर्सनलको जितमा ग्रावियल जिसस र ग्रावियल मार्टिनेलीले एक–एक गोल गरे । उता भिल्लाका लागि डुगलस लुइजले एक गोल फर्काए ।
खेलको ३०औं मिनेटमा जिससले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । भिल्लाका लागि ७४औं मिनेटमा डुगलस लुइजले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।
७७ औं मिनेटमा मार्टिनेलीले गोल गर्दै आर्सनललाई २–१ गोलको जित दिलाए । लगातार पाँचौ जित निकाल्दै आर्सनलले १५ अंक जोडेको छ । आर्सनल तालिकाको शीर्ष स्थानमा छ । पराजित एस्टन भिल्ला ३ अंक जोडेर १९ औं स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १६ भदौ २०७९, ०८ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिटीविरुद्ध आर्सनलको जितमा वैकल्पिक खेलाडीले गरे दुई गोल
आर्सनललाई पराजित गर्दै न्युक्यासल फाइनलमा
आर्सनलको उपाधि होडमा धक्का
घरेलु मैदानमा एभर्टनसँग रोकियो आर्सनल
लेस्टरमाथि आर्सनलको रोमाञ्चक जित
ब्राइटनसँग बराबरीमा रोकियो आर्सनल