धनगढी । कैलालीमा डेंगुका कारण एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका वडा नम्बर १२ की ३५ वर्षीय गिता शाहीको रहेकी छन् ।
निसर्ग अस्पतालमा उपचाररत कार्डियोप्लमोनरि अरेष्टबाट निसर्ग अस्पतालमा उपचाररत शाहीमा डेंगुको पनि लक्षण देखिएको थियो । उनको मंगलबार बिहान अस्पतालमा उपचारकै क्रममा मृत्यु भए पनि बुधबारमात्र पुष्टि भएको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले बताए ।
साउन महिनायता कैलालीसहित देशभरका ७० जिल्लामा डेंगुका बिरामी फेला परेका छन् । चालु आर्थिक वर्षमा डेंगुका कारण मृत्यु हुने शाही पहिलो व्यक्ति हुन् । हालसम्म देशभरी पुसदेखि आएतबारसम्म दुई हजार पाँच सय ३९ जनामा डेंगु पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय कैलालीका अनुसार साउन १ गते यता कैलालीको लम्की चुहा नगरपालिकामामात्र २५ जनामा डेंगुको संक्रमण देखिएको छ । गत वर्ष पनि कैलालीको लम्की चुहामा एक सय ३३ जना डेंगुका बिरामी देखापरेका थिए । खासगरी असारदेखि असोजसम्म डेंगुका बिरामी देखिने गरेको स्वास्थ्य कार्यालय प्रमुख धामीले बताए ।
डेंगुको संक्रमण बढ्दै गएपछि कैलालीका १३ वटै स्थानीय तहलाई सचेत रहन र संक्रमण रोक्न अभियान सञ्चालनका लागि पत्राचार गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य धामीले भने, ‘परीक्षण गर्न किट महँगो छ, हामीसँग किटको अभाव भएकाले परीक्षणको दायरा बढाउन सकेका छैनौँ, माथिल्लो निकायमा पत्राचार गरेका छौँ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १५ भदौ २०७९, २० : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गण्डकीमा डेंगु सङ्क्रमणबाट आठ जनाको मृत्यु
देशभर २८ हजार डेंगु सङ्क्रमित, मृतक संख्या १२ पुग्यो
२२ हजार जना डेंगु सङ्क्रमितमध्ये ११ को मृत्यु
देशभर १९ हजार बढी व्यक्तिमा डेंगु संक्रमण
डेंगुबाट मृत्यु हुनेको सङ्ख्या ८ पुग्यो
देशभर फैलियो डेंगु, संक्रमितको संख्या ११ हजार नाघ्यो