महाभियोग सिफारिस समितिमा बयान दिन जाँदै चोलेन्द्र

सफल खबर संवाददाता

बुधबार, १५ भदौ २०७९, ०७ : २५
महाभियोग सिफारिस समितिमा बयान दिन जाँदै चोलेन्द्र

काठमाडौं । निलम्बिन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बुधबार महाभियोग सिफारिस समितिमा बयान दिन जाने भएका छन् ।  समितिले बुधबार जबरालाई बयानका लागि बोलाएको हो । त्यसका लागि बिहान ११ बजे बैठक तय गरेको छ । 

१ फागुनमा सत्तारुढ दलले महाभियोग लगाएपछि २३ फागुनमा प्रतिनिधिसभाले महाभियोग सिफारिस समिति गठन गरेको थियो । सोही सिफारिस समितिले कार्यतालिका बनाएर जबरालाई बयानका लागि बोलाइएको हो । 

यसअघि समितिले जबराविरुद्ध उजुरी तथा प्रमाण आह्वान गरेको थियो । जसअनुसार नेपाल बार एसोसिएसनलगायतले समितिलाई प्रमाण उपलब्ध गराएको थियो । 

प्रतिक्रिया दिनुहोस