पोप फ्रान्सिसको अवस्था अझै गम्भीर

एजेन्सी

सोमबार, १२ फागुन २०८१, १० : २१
पोप फ्रान्सिसको अवस्था अझै गम्भीर

एजेन्सी । पोप फ्रान्सिसको अवस्था अझै पनि गम्भीर रहेको बताइएको छ । आइतबार भ्याटिकनले एक विज्ञप्तिमा पोपले अझै पनि अक्सिजन थेरापी लिइरहेको बताएको हो । 

विज्ञप्ति अनुसार रगत परीक्षणबाट उनलाई मुटुको समस्या भएको पत्ता लागेको छ । यसबाहेक उनमा मिर्गौला सम्बन्धी समस्याहरू पनि देखिएको छ । 

आइतबार भ्याटिकनले पोपको रगतमा प्लेटलेट्सको संख्या अति नै न्यून स्तरमा झरेको बताएको थियो । विज्ञप्तिमा क्याथोलिक ईसाईहरूलाई परम्परागत प्रार्थना गर्न आग्रह पनि गरिएको थियो । 

केही दिनदेखि श्वासप्रश्वासमा समस्या देखिएपछि पोपलाई फेब्रुअरी १४ मा रोमको जेमेली अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा उनलाई पहिले ब्रोन्काइटिसको उपचार गरिएको थियो । पछि उनलाई निमोनिया भएको पाइयो । अर्जेन्टिनाका पोप फ्रान्सिस रोमन क्याथोलिक चर्चको प्रमुख बन्ने पहिलो ल्याटिन अमेरिकी र पहिलो जेसुइट हुन् । 

प्रतिक्रिया दिनुहोस