काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपाली चलचित्र अन्तर्राष्ट्रियस्तरमा नपुगेसम्म नेपालको कला र संस्कृतिको विकास गर्न नसकिने बताएका छन् । आइतवार चलचित्र विकास बोर्डले नेपाली चलचित्र प्रेमगीत–३ लाई बधाई एवं शुभकामना दिन आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
अध्यक्ष केसीले नेपाल चलचित्र विकास बोर्डले चलचित्रलाई विश्वव्यापी रुपमा प्रदर्शनमा ल्याउन गर्नसक्ने जति काम गर्ने प्रतिवद्धता जनाए । उनले नेपाली भाषी चलचित्रलाई नेपाली सिनेहलमा पहिलो प्राथमिकतामा राखेको पनि बताए । उनले नेपाली चलचित्रका निर्माताहरुले जबसम्म आफ्नो लगानी सुरक्षित गर्न सक्दैनन् तबसम्म नेपाली चलचित्र सुरक्षित नहुने दाबी गरे ।
अध्यक्ष केसीले चलचित्रको व्यवस्थीकरणका लागि नीति निर्माणका क्षेत्रमा काम थालेको र चाँडै नीति बनिसक्ने दाबी गरे । उनले चलचित्र व्यवस्थापनका लागि नीति बनाइसकेपछि चलचित्रकर्मीलाई नेपाली सिनेमाप्रति आत्मविश्वास बढ्ने बताए ।
अध्यक्ष केसीले नेपाली सिनेमालाई राम्रो बनाउनको लागि आफूले मुम्बईको गल्लीमा पसिना बगाएको स्मरण गरे । उनले प्रेमगीत विश्वभर चल्ने खबरले फिल्मकर्मीको लागि चाड भन्दा पनि ठूलो भएको बताए ।
कार्यक्रममा वरिष्ठ कलाकार सुनिल थापाले धेरै निर्माताहरुको फिल्म अब अन्तर्राष्ट्रिय स्तरको बन्ने बताए । कार्यक्रममा वरिष्ठ अभिनेता शिव श्रेष्ठले राष्ट्रलाई चिनाउने चलचित्रलाई राष्ट्रले पनि केही सहयोग गर्नुपर्ने बताए ।
नेपाली चलचित्र प्रेमगीत ३ आगामी असोज ७ गते नेपाल र भारतमा एकसाथ प्रदर्शनी हुँदैछ । साथै चीनमा पनि फिल्म प्रदर्शन हुने निर्माण पक्षले बताएको छ । चलचित्रमा अभिनेता प्रदीप खड्का, कृष्टिना गुरुङ, शिव श्रेष्ठ, मनिष राउत, सुनिल थापा, लक्ष्मी बर्देवा लगायतका वरिष्ठ कलाकारहरुको मुख्य अभिनय छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १२ भदौ २०७९, २० : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भुवन केसीलाई लाईफटाईम एचिभमेन्ट अवार्ड
चलचित्र क्षेत्रले स्विकार्ने बजेट तथा कार्यक्रम ल्याउँछु : भुवन केसी
चलचित्र क्षेत्रमा निरन्तर तपस्या गरेपछि आजको स्थान प्राप्त भयो : भुवन केसी