भुवन केसीलाई लाईफटाईम एचिभमेन्ट अवार्ड

सफल खबर संवाददाता

सोमबार, ३१ भदौ २०८१, ११ : ४४
भुवन केसीलाई लाईफटाईम एचिभमेन्ट अवार्ड

काठमाडौँ । अभिनेता तथा चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष भुवन केसी ‘लाईफटाईम एचिभमेन्ट’ बाट सम्मानित भएका छन् । लन्डनमा आयोजित ‘यति इन्टरनेसनल नेपाली फिल्म अवार्ड २०२४ (इन्फा)’ मा उनलाई उक्त सम्मान प्रदान गरिएको हो ।

लन्डनको ग्रिनफोर्ड हलमा आयोजित अवार्डमा अनमोल केसी र केकी अधिकारी सर्वोत्कृष्ट अभिनेता अभिनेत्री घोषित भए । अनमोलले फिल्म ‘फर्की फर्की’ र केसीले ‘प्रसाद २’ बाट अवार्ड प्राप्त गरेका हुन् ।

नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार बिस्तार, कलाकर्मीलाई सम्मान गर्ने उद्देश्यले आयोजित कार्यक्रममा उपेन्द्र सुब्बाले निर्देशक, आकाश बरालले लेखन, अर्पण थापाले खलपात्र, राजेश श्रेष्ठले छायाङ्कन, सुरेन्द्र पौडेलले सम्पादकको रूपमा अवार्ड प्राप्त गरे । 

प्रकाश सपुत सङ्गीतकार, कालीप्रसाद बास्कोटा पाश्र्व गायक, समीक्षा अधिकारी पाश्र्व गायिका र शिशिर खत्रीले निर्देशकको अवार्ड लिए । या वर्षको पपुलर अभिनेता दयाहाङ राई र पपुलर अभिनेत्री मिरुना मगर, सर्वोत्कृष्ट अभिनेता जुरीतर्फ प्रदीप खड्का र सुपला सापकोटा बने । 

नेपाली एसोसिएसन युकेको आयोजना रहेको अवार्डले अगामी वर्ष पनि निरन्तरता पाउने कार्यक्रम संयोजक  मनिष कार्कीले बताए । अवार्डमा केकी अधिकारी, अनमोल केसी, जसिता गुरुङ, शिल्पा मास्के लगायतले नृत्य प्रस्तुत गरेका थिए । 

प्रतिक्रिया दिनुहोस