काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा नेपाल विद्यार्थी संघ र अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनबीच झडप भएको छ।
गत शुक्रबार नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्का महत्वपूर्ण कागजातहरु नियन्त्रणमा लिएर शिक्षामन्त्रीलाई बुझाएपछि त्रिवि रजिष्टारको कार्यालयले शनिबार सुरक्षाको माग गरेको थियो।
आइतबार बिहान त्रिवि उपकुलपतिले पत्रकार सम्मेलनको आयोजना गर्न खोज्दा अनेरास्वीयुलाई मात्रै प्रवेश दिएको र नेविसंघलाई प्रवेश निषेध गरेपछि नेविसंघले त्यसको विरोध गर्दा अनेरास्वीयु र नेविसंघ कार्यकर्ताबीच झडप भएको नेविसंघ त्रिविले आरोप लगाएको छ।
झडपमा परि एक प्रहरी निरीक्षकसहित दुई नेविसंघ विद्यार्थी घाइते भएको नेविसंघ त्रिविका कार्यकारी अध्यक्ष गणेश भण्डारीले जानकारी दिएका छन्। दोहोरो झडप अहिले पनि जारी रहेको जनाइएको छ।
नेविसंघले प्रश्न पत्र दोहोरिएको, समयमै परीक्षा नलिएको र परीक्षाफल समेत समयमै प्रकाशन नगरेको भन्दै त्रिवि रजिष्टार कार्यालयदेखि विभिन्न ठाउँमा तालाबन्दी गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १२ भदौ २०७९, ११ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिविका उपकुलपति बरालको राजीनामा स्वीकृत
त्रिविले २०५८ सालदेखिका परीक्षार्थीका लागि खुलायो मौका परीक्षा फारम
माघ ११ सम्म थपियो त्रिविमा स्नातक तहको भर्ना समय
त्रिविद्वारा २४ वटा क्याम्पसमा प्रमुख नियुक्त, को कहाँ ?
अब दीक्षान्तको शैली बदल्दै त्रिवि
त्रिविमा ८ डीन नियुक्त