बर्दिया । राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिलेको दुरावस्थाबाट मुलुकलाई मुक्त गर्न जनताले अबको चुनावमा 'बोल्ड' निर्णय गर्नुपर्ने बताए । 'बेतिथि, विकृति र अन्याय बारे चिन्ता गरेर मात्र गरेर हुन्न, साहसिक निर्णय गर्नुपर्ने हुन्छ', उनले भने । अबको निर्वाचनमा जनताले स्वाधीनता, सुशासन, हिन्दुत्व र समृद्धिको पक्षमा आफूलाई उभ्याउनु पर्ने बताए ।
राप्रपा नेपाल बर्दियाद्वारा आज गुलरियामा आयोजित कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै थापाले ठूला भन्ने दलको असक्षमता, अदूरदर्शिता र अकर्मण्यताको जवाफ दिँदै जनताले राप्रपा नेपाललाई वैकल्पिक शक्तिको रूपमा उभ्याउन सहयोग गर्नुपर्नेमा जोड दिए ।
'हामी दूरदर्शी योजना, कार्यक्रमसहित जनताको माझमा प्रस्तुत भएका छौं । राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदृढीकरण, आर्थिक विकास अनि समृद्धि, हिन्दुत्वको रक्षा, भ्रष्टाचार र बेरोजगारीको अन्त्य अहिलेको प्रमुख आवश्यकता हो,' उनले भने । थापाले विदेशी प्रभुको इसारामा चल्नेहरूबाट मुलुक र जनताको हित नहुने बताए ।
जिविसको सभा हलमा आयोजित कार्यक्रममा नवप्रवेशीको संख्या धेरै भएपछि थापाले खुल्ला प्राङ्गणमा नै पाँच सयभन्दा बढीलाई टीका लगाउँदै पार्टी प्रवेश गराएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ११ भदौ २०७९, २१ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाबुरामको हतास मानसिकता उदाङ्गो भयो : कमल थापा
पार्टी एकताका लागि राप्रपा अनुदार हुनु आश्चर्यजनक :- कमल थापा
पर्वराष्ट्रपति राजनीतिमा आउन हुँदैन भन्नेले राजसंस्थाको पक्षमा उभिने हिम्मत गर्नुपर्छ : कमल थापा
राप्रपा नेपाललाई बलियो राष्ट्रवादी शक्ति बनाएरै छाड्छु : कमल थापा
कमजोर भएर पार्टी एकताको प्रस्ताव गरेको होइन : कमल थापा
प्रधानमन्त्री ओली र कमल थापाबिच भेट, के भयो कुराकानी ?