काठमाडौं । नेपालीमा समानुपातिक उम्मेदवार नदोहोरिने भएको छ । कांग्रेसले मातहतका कमिटीमा सर्कुलर नै पठाएर २०७४ सालको निर्वाचनमा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य पदमा समानुपातिकतर्फबाट निर्वाचित भएको व्यक्तिको नाम पुनः समानुपातिकतर्फको उम्मेदवारका लागि सिफारिस नगर्न निर्देशन दिएको हो ।
पार्टी विधानको धारा ३३ (२) बमोजिम यो निर्देशन दिइएको काँग्रेसले जनाएको छ । काँग्रेसका मातहतका कमिटीले गर्ने उम्मेदवार सिफारिस भदौ २० गतेभित्र केन्द्रमा पुगिसक्नुपर्नेछ ।
गठबन्धन सफल बनाउन कांग्रेस उम्मेदवारसँग माग्यो लिखित प्रतिबद्धता
सत्ता गठबन्धनबीच हुने तालमेललाई सफल बनाउन नेपाली कांग्रेसले उम्मेदवारसँग लिखित प्रतिबद्धता मागेको छ । जसअनुसार पार्टीका उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारलाई विजयी बनाउनका लागि सम्पूर्ण रुपमा सक्रिय रहने प्रण सहितको प्रतिवद्धता पत्र उम्मेदवारले पेश गर्नुपर्ने भएको छ ।
कांग्रेस महामन्त्री गगन थापाले मातहतका कमिटीमा पठाएको सर्कुलरमा उम्मेदवारले लिखित प्रतिबद्धता जनाउन एउटा फाराम नै भर्नुपर्नेछ छ । ‘पार्टीका उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारलाई विजयी बनाउनका लागि सम्पूर्ण रुपमा सक्रिय रहने प्रण सहितको प्रतिवद्धता पत्र भराई एक प्रति जिल्ला कार्यसमितिको कार्यालयमा सुरक्षित राखी एक प्रति क्रमशः माथिल्लो निकाय मार्फत उम्मेदवारको नामको सिफारिस साथ संलग्न राखी केन्द्रमा अनिवार्य पठाउनु पर्नेछ’, सर्कुलरमा भनिएको छ ।
कांग्रेसले सत्ता गठवन्धनमा रहेका दलहरुका बीचमा हुने सहमती बमोजिम सीट बाँडफाँड गरिए अनुसार पार्टीका तर्फबाट उम्मेदवार खडा गरिने स्पष्ट गरेको छ । देशभरका १६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ३३० प्रदेश सभा निर्वाचन क्षेत्र मध्ये जुनजुन निर्वाचन क्षेत्रमा गठवन्धनमा रहेका अन्य दलको उम्मेदवार रहने रहन्छन् त्यहाँ कांग्रेसको उम्मेदवार नरहने सर्कुलरमा स्पष्ट गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १० भदौ २०७९, २० : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अध्यादेशमा एकीकृत समाजवादीसँग सहयोग माग्ने कांग्रेसको निर्णय
काँग्रेसद्वारा स्ववियु निर्वाचनबारे विद्यार्थी नेताहरूसँग छलफल
आम निर्वाचनअघि नै पार्टीको महाधिवेशन हुन्छ: महामन्त्री थापा
कांग्रेस महाधिवेशन कहिले ?
जसपाले समर्थन गर्छ, राष्ट्रिय सभाबाट अध्यादेश ढुक्कले पारित हुन्छ : कांग्रेस
कांग्रेस संसदीय दलको बैठक बस्दै