काठमाडौं । निर्वाचन आयोगको स्वेच्छाचारीताविरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल अदालत जाने भएको छ ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले आज सामाजिक सञ्चाल ट्वीटर मार्फत उक्त कुरा बताएका हुन् । निर्वाचन आयोगले चुनाव चिन्ह ‘गाई’ नदिएपछि राप्रपा नेपाल अदालत जान लागेको हो ।
‘कानुन अनुसार चुनाव चिन्ह छान्ने अधिकार राजनीतिक दलको हो । राप्रपा नेपालले पटकपटक ‘गाई’ चिन्ह अद्यावधिक गर्न दिएको निवेदनको उपेक्षा गर्नु र सर्वोच्च अदालतको अन्तरिम आदेशको समेत अवज्ञा गर्नुमा निर्वाचन आयोगको बदनियत देखिन्छ । आयोगको स्वेच्छारीता विरुद्ध न्यायको निम्ति हामी अदालत जानेछौ,’ अध्यक्ष थापाले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १० भदौ २०७९, ११ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाबुरामको हतास मानसिकता उदाङ्गो भयो : कमल थापा
पार्टी एकताका लागि राप्रपा अनुदार हुनु आश्चर्यजनक :- कमल थापा
पर्वराष्ट्रपति राजनीतिमा आउन हुँदैन भन्नेले राजसंस्थाको पक्षमा उभिने हिम्मत गर्नुपर्छ : कमल थापा
राप्रपा नेपाललाई बलियो राष्ट्रवादी शक्ति बनाएरै छाड्छु : कमल थापा
कमजोर भएर पार्टी एकताको प्रस्ताव गरेको होइन : कमल थापा
प्रधानमन्त्री ओली र कमल थापाबिच भेट, के भयो कुराकानी ?