मन्त्री अथक र इजरायलका राजदूतबीच भेटवार्ता

सफल खबर संवाददाता

विहीबार, ०९ भदौ २०७९, १९ : १५
मन्त्री अथक र इजरायलका राजदूतबीच भेटवार्ता

काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) र इजरायलका राजदूत हानान गोडर गोल्डबर्गरबीच शिष्टाचार भेटवार्ता भएको छ । बिहिबार मन्त्रालयमा भएको भेटवार्तामा उनीहरुबीच दुई पक्षीय हितको विषयमा छलफल भएको हो ।

मन्त्री अथकलाई भेट्न मन्त्रालय पुगेका राजदूत गोल्डबर्गरले दुई देशको चासो र सरोकारका बारेमा विशेष चासो देखाएका थिए । त्यसअघि राजदूत गोल्डबर्गरलाई मन्त्री अथकले मन्त्रालयमा विशेष स्वागत गरेका थिए ।  

प्रतिक्रिया दिनुहोस