काठमाडौं । नेपाल समाजवादी पार्टीको केन्द्रीय समितिमा ९८ जना मनोनित भएका छन् । यस्तै ९३ सदस्यीय राजनीतिक समिति गठन गरिएको छ । सो पार्टीको हालै सम्पन्न कार्यकारिणी समितिको बैठकले केन्द्रीय समितिमा मनोनयन र राजनीतिक समिति गठन गर्ने निर्णय गरेको हो ।
यस्तै पार्टीको सहअध्यक्षमा गोविन्द प्रसाद चौधरी मनोनित भएका छन् भने केन्द्रीय सल्लाहकार समितिको अध्यक्षमा विष्णहरि शर्मा, विज्ञ परिषद् प्रमुखमा एमपी रिजाल र निवाचन आयोग प्रमुखमा कृष्ण प्रसाद शर्मालाई जिम्मेवारी तोकिएको छ ।
त्यस्तै, केन्द्रीय कार्यालय प्रमुखमा फणीन्द्र देवकोटा, पार्टी कोष निर्माण तथा परिचालन विभागको प्रमुखमा हरि रिजाल र अन्तर्राष्ट्रिय विभाग प्रमुखमा नहेन्द्र प्रधानलाई जिम्मेवारी दिइएको सो पार्टीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
बैठकले समाजवादी थारू संघको इन्चार्जमा गोविन्द प्रसाद चौधरी, समाजवादी महिला संगठनको इन्चार्जमा हिसिला यमी, शिल्पी दलित महासंघको इन्चार्जमा दुर्गा सोच, समाजवादी विद्यार्थी युनियनको इन्चार्जमा वन्दना सुवेदी, समाजवादी युवा संघको इन्चार्जमा राज नेपाल, बौद्धिक पेशाकर्मी महासंघको इन्चार्जमा दुर्गा भट्टराई, समाजवादी ट्रेड युनियन महासंघको इन्चार्जमा लालध्वज नेम्बाङ, समाजवादी मुस्लिम संघको इन्चार्जमा मो, इजरायल अहमदलाई जिम्मेवारी तोक्ने लगायतका निर्णय पनि गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०९ भदौ २०७९, १९ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेसपाले फेर्यो पार्टीको नाम र झण्डा
वायु प्रदूषण नियन्त्रण माग गर्दै नेसपाले गर्यो प्रदर्शन
नेसपाको महिन्द्र पक्षले बोलायो आकस्मिक बैठक
नेपाल समाजवादी पार्टीको कार्यकारिणी समितिको बैठक बस्दै
कोशी प्रदेश नामकरणलाई नमान्ने नेसपाको निर्णय
संघीय लोकतान्त्रिक व्यवस्थामाथि प्रहार गर्ने शक्तिहरूविरुद्ध एकजुट हुन नेसपाको आह्वान