किसान संग गलत काम गरेर एक रुपैया घुस खाएको छैन : भेटेरीनरी अस्पताल प्रमुख केसी

प्रकाश सिग्देल

विहीबार, ०९ भदौ २०७९, १७ : ००
किसान संग गलत काम गरेर एक रुपैया घुस खाएको छैन : भेटेरीनरी अस्पताल प्रमुख केसी

चितवन । भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र चितवनका प्रमुख सुशील केसीले आत्महत्या गर्ने बताएका छन् । कार्यालयमा आयोजित वार्षिक स्वीकृत कार्यक्रम सार्वजनिकिकरण गोष्ठीमा उनले भने एक जना किसान ४ लाख अनुदान भरेर अर्काको फर्म देखाएर अनुदान खान आए । मैले अनुदान रोकिदिए, म छातिमा हात राखेर भन्छु २७ वर्ष जाखिर खाए आजका मितिसंम्म मैले साठगाठ गरेर एक रुपैया कसैसंग घुस खाएको छैन् । २७ वर्षका बिचमा कुनै पनि किसान संग गलत काम गरेर एक रुपैया पनि घुस खाएको भनेर कसैले सुन्नभएको छ भने म आत्महत्या गरेर मर्छु ।

कार्यसम्पादनमा अब्वल केसी चितवनका किसानमाझ रुचाईएका सरकारी अधिकारीका रुपमा मानिन्छन् । राजनितीक दबाव र प्रमाबमा काम गर्न नचाहाने केसीले निती नियम बिधि र पक्रिया बिपरित मन्त्रिलेनै दवाव दिएपनि काम नगर्ने गरेको कार्यालयका कर्मचारीहरु बताउँछन् ।

उनि चितवनमा कार्यलय प्रमुख भएर आएसंगै जिल्लामा पशुपालक तथा मत्ष्य किसानको हितमा धेरै राम्रा कामहरु भएका छन् । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका सचिव किसोर बगालेले भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र चितवनमा केसीको आगमन संगै कार्यालयबाट हुने सेवा प्रबाह प्रभावकारी र गुणस्तरीय बनेको बताए । अनुदानका कार्यक्रम देखी किसानका हितमा निति निमार्ण गर्ने देखि धेरै काममा केसीले किसानसंग सहकार्य गरेर अगाडी बढेको उनको भनाई थियो । 

राप्ती नगरपालिका कृषि शाखा प्रमुख शैलेन्द्र भण्डारीले कार्यलयले ल्याएका कार्यक्रम निकै राम्रा रहेको र खोरेत निबारणका लागि थप कार्यक्रम आवस्यक रहेको बताए । कालिका नगरपालिका वडा नम्वर २ का वडा अध्यक्ष लक्षुमण पौडेलले कार्यालयले आफना पालिकाका किसानको हितमा धेरै कामहरु गरेको र अहिले आएका कार्यक्रमहरु प्नि धेरै प्रभावकारी रहेको बताए । कार्यक्रमका प्रमुख अतिथि महानगर २६ का अध्यक्ष ज्ञान प्रसाद खनालले किसान लक्षित अनुदानका कार्यक्रम निर्माण गर्दा तल्लो वर्गका किसान लक्षित बनाउँनुपर्ने बताए । नेताको पहुचका भरमा अनुदान दिने अवस्थाको अन्तय गर्न जरुरी रहेको भन्दै कार्यालयले चालु आर्थिक वर्षका लागि समाबेश गरेका कार्यक्रम प्रभावकारी रहेको बताए ।  

कार्यालयले चालु आर्थिक वर्षका लागि प्रदेश सरकार बाट ९ करोड ५९ लाख ३४ हजार बजेट बिनियोजन भएको बताएको छ त्यो मध्य पुँजिगत तर्फ २० लाख ९० हजार रुपैया रहेको छ ।

जसमा बिउ कोष परिचालन, पशु स्वास्थ्य शिबिर, कृषकले गरेका पद्धति सुधार कार्यक्रम, उत्पादनमा यन्त्र तथा प्रबिधि सहयोग, पशुपालनमा असल अभ्यास प्रर्वधन, दुध उत्पादन वृद्धि कार्यक्रम , खोरेत मुक्त अभियान, पशु आहारा आत्मनिर्भर कार्यक्रम , खोप कार्यक्रम लगाएत रहेका छन् ।

 

 
 
 
 
 

 

प्रतिक्रिया दिनुहोस