काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले भदौ १५ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको आइपीओ जारी गर्दै छ ।
यसअनुसार श्रृजनशीलले प्रतिकित्ता १०० मूल्यका दरले ३ लाख ९३ हजार ७५० कित्ता साधारण सेयर निष्कासन गर्नेछ । यो मध्ये १९ हजार ६९० कित्ता सामूहिक लगानी कोष र ५ हजार ४७० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ ।
बाँकी ३ लाख ६८ हजार ५९० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा भदौ १९ गतेसम्म आवेदन दिन सकिनेछ र सो अवधिमा सबै सेयर बिक्री नभएमा भदौ २९ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०९ भदौ २०७९, ०९ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्रेष्ट माइक्रो लाइफले आइपीओ निष्कासन गर्दै
सर्वोत्तम सिमेन्टको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
आइपीओ जारी गर्दै झ्यामोलोङ्गमा हाइड्रोपावर
विद्युत् प्राधिकरण ६० अर्ब बराबरको आइपीओ बिक्री गर्दै