काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले अवैध संरचना भत्काउन एक्सनमा उत्रिएका काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको कदमप्रति समर्थन जनाएका छन् ।
सामाजिक संजाल ट्वीटरमा आज बिहानै लेख्दै अध्यक्ष थापाले अवैध संरचना भत्काउने र देशको राजधानी काठमाडौंलाई सफा सुन्दर र स्वच्छ बनाउने काठमाडौं महानगरका मेयर साहको प्रयास प्रशंसनीय भएको बताएका हुन् ।
उनले तत्काल केही असुविधा भएपनि यसले दीर्घकालमा सबैलाई फाइदा हुने भन्दै यस कार्यमा सबैले सहयोग गर्न आव्हान गर्दै मेयर साहले राम्रो काम गरेकोले उक्त कामलाई निरन्तरता दिन शुभकामना समेत दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०९ भदौ २०७९, ०८ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाबुरामको हतास मानसिकता उदाङ्गो भयो : कमल थापा
पार्टी एकताका लागि राप्रपा अनुदार हुनु आश्चर्यजनक :- कमल थापा
पर्वराष्ट्रपति राजनीतिमा आउन हुँदैन भन्नेले राजसंस्थाको पक्षमा उभिने हिम्मत गर्नुपर्छ : कमल थापा
राप्रपा नेपाललाई बलियो राष्ट्रवादी शक्ति बनाएरै छाड्छु : कमल थापा
कमजोर भएर पार्टी एकताको प्रस्ताव गरेको होइन : कमल थापा
प्रधानमन्त्री ओली र कमल थापाबिच भेट, के भयो कुराकानी ?