काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले बिहीबार पार्टी पुनर्गठन दिवस मनाउने भएको छ । एकीकृत समाजवादीले निर्वाचन अयोगबाट पार्टी दर्ता प्रमाणपत्र पाएको दिन भदौ ९ गतेलाई पार्टी पुनर्गठन दिवसको रुपमा मनाउन लागेको हो ।
गत वर्ष नेकपा (एमाले)बाट विभाजन भई माधवकुमार नेपालको नेतृत्वमा भदौ ९ गते समाजवादीले पार्टी दर्ता प्रमाणपत्र पाएको थियो । पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले बुधबार पार्टी पुनर्गठन दिवस मनाउन लागिएको जानकारी दिए ।
उनले पार्टीले हालसम्म ५ लाख सदस्यता वितरण गरिसकेको भन्दै २ लाख बढी सदस्य पार्टीका विभिन्न कमिटीमा आवद्ध भइसकेको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०८ भदौ २०७९, १९ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज पनि
नेकपा एसमा १३ बुँदे आचारसंहिता- महिलाप्रति एकनिष्ठताको व्यवहार (पूर्णपाठ)
एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक बस्दै, ९ एजेण्डा तय
एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज पनि
एकीकृत समाजवादी बागमतीको अध्यक्षमा भीम दाहाल
एकीकृत समाजवादीको स्थायी कमिटी र पोलिटब्यूरो बैठक आह्वान