निहारिकाका छोरा र आरोपी शिवराजको डीएनए परीक्षण गर्न उच्च अदालतको आदेश

सफल खबर संवाददाता

बुधबार, ०८ भदौ २०७९, १९ : १४
निहारिकाका छोरा र आरोपी शिवराजको डीएनए परीक्षण गर्न उच्च अदालतको आदेश

जनकपुरधाम । उच्च अदालत जनकपुरले निहारिका सिंह राजपूतको बच्चा र आरोपित शिवराज श्रेष्ठको डीएनए परीक्षण गर्न आदेश दिएको छ।बुधबार न्यायाधीशद्वय भोजराज अधिकारी र रेखा थापा पाण्डेको संयुक्त इजलासले यस्तो आदेश दिएको हो।

निहारिकाले शिवराजले आफ्नो बलात्कार गरेको भन्दै लामो समयदेखि आरोपितलाई सजाय र आफ्नो छोराको अधिकारका लागि डीएनए परीक्षण माग गर्दै आएकी थिइन्।

जिल्ला अदालत धनुषाले बलात्कार मुद्दामा आरोपित शिवराजलाई निर्दोष ठहर गर्दै सफाइ दिएपछि निहारिकाले उच्च अदालतमा पुनरावेदन गरेकी थिइन्।

आरोपित शिवराज अहिले प्रहरीको नियन्त्रणमा रहेको छन्। 

प्रतिक्रिया दिनुहोस