एक करोड १९ लाख जरिवाना सुनाइएका व्यक्ति पक्राउ

सफल खबर संवाददाता

बुधबार, ०८ भदौ २०७९, १७ : १३
एक करोड १९ लाख जरिवाना सुनाइएका व्यक्ति पक्राउ

काठमाडौं । बैंकिङ कसुरको मुद्दामा एक करोड १९ लाख ४ हजार रुपैयाँ जरिवाना सुनाइएका एक व्यक्ति पक्राउ परेका छन्।पक्राउ पर्नेमा पूर्वी रुकुमको सिस्ने–५ का ३१ वर्षीय अर्जुन बुढाथोकी छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार काठमाडौंको सुकेधाराबाट पक्राउ गरेको हो।

बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले एक करोड १९ लाख ४ हजार रुपैयाँ जरिवानासँगै २४ दिन कैदको फैसला सुनाएको थियो। उनलाई फैसला कार्यान्वयनका लागि अदालत पेस गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी दुर्गाराज रेग्मीले बताए।

प्रतिक्रिया दिनुहोस