सनसिल्कले दोस्रो पटक ‘दशैँ भाइब्स’ गर्ने

सफल खबर संवाददाता

बुधबार, ०८ भदौ २०७९, १६ : ५८
सनसिल्कले दोस्रो पटक ‘दशैँ भाइब्स’ गर्ने

काठमाडौं । सनसिल्कले यस वर्षपनि अघिल्लो वर्ष जस्तै ‘सनसिल्क दशैँ भाइब्स’ कार्यक्रम गर्ने भएको छ । संसारको सबैभन्दा ठूलो हेयरकेयर ब्राण्ड मध्येको एक मानिने र वर्षौंदेखि उपभोक्ताहरुको प्रिय बन्दै आइरहेको सनसिल्कले नेपालीहरुको महान चाडमा आफ्ना ग्राहकहरुको जीवनको एक हिस्सा बन्न कार्यक्रम गर्ने भएको हो ।

गत वर्ष सनसिल्क नेपालले बडा दशैँ २०७८ को अवसर पारेर डिजिटल प्रतियोगीता ‘सनसिल्क दशैँ भाइब्स’ अभियान शुरु गरेको थियो । जुन अभियान भव्य रुपमा सफल भएको र अभियानले नेपाली युवतीहरुलाई आफ्नो कपालको प्रदर्शन गरी आफ्नो क्षितिजलाई फैलाउने अवसर प्रदान गर्दै सनसिल्क ‘ग्याङ्ग अफ गल्र्सको’ एउटा हिस्सा बनेर ब्राण्डसँग आबद्ध हुने मौका दिएको थियो ।

उक्त कार्यक्रममा आशिना देउला, प्रतिमा कार्की र लालना चिमरियाले जित हात पारेका थिए । उनिहरुले सनसिल्कका ब्राण्ड एंबेसडर प्रिन्सी र प्रिज्माका साथमा ब्राण्डको प्रतिनिधित्व गर्न जोडिएका थिए । प्रतियोगीताको विजेताहरुको रुपमा उनीहरुले यस वर्षको “सिमित विशेष दशैँ प्याक” मा प्रस्तुत हुने अवसर प्राप्त गरेका छन्, जुन प्याक नेपालमा पहिलो पटक प्रस्तुत गरिंदँैछ । नयाँ प्याकमा तीन भिन्न प्रकार रहेका पाँच ग्राम हेयरफल सोलुसन, ब्ल्याक साइन र पर्फेक्ट स्ट्रेटले नेपालको लाखौं घरहरुमा स्थान पाउने विश्वास कम्पनीले लिएको छ । यसरी प्रस्तुत गरिएको तीन नयाँ प्याकहरुमध्ये पर्फेक्ट स्ट्रेट नेपालमा पहिलो पटक पेश गरिएको हो ।

युनिलिभरका प्रबन्ध निर्देशक आमलन मुखर्जीका अनुसार सनसिल्क लाखौं उपभोक्ताहरुद्वारा रुचाइएको र देशभर बिक्री हुने सर्वाधिक ठूलो सौन्दर्य ब्राण्ड हो । गत वर्ष दशैँको दौरानमा आयोजित ‘दशैँ भाइब्स’ प्रतियोगीताको विजेताहरु ‘सनसिल्क ग्याङ्ग अफ गल्र्स’लाई प्रस्तुत गर्न पाउँदा हामी अत्यन्त हर्षित भएको बताएका छन् ।

उनले प्रतियोगीता आफैमा एक अभूतपूर्व सफल अभियान भएको र युवतीहरुले सम्भावनाहरुलाई व्यापक बनाउन पाउने जानकारी दिए । त्यसबखत उनीहरु उत्साहित हुने र हामीले उनीहरुलाई उनीहरुको सुन्दर कपालको प्रदर्शन गर्ने अवसर प्रदान गरेर सनसिल्क ब्राण्डको प्याकमा आफूलाई प्रस्तुत गर्ने सुनौलो मौका प्रदान गरेको मुखर्जीको भनाई छ ।

आफूहरुको विश्वास सौन्दर्य सरल छ र धेरै तरिकाहरुबाट यसलाई कैद गर्न सकिन्छ भन्ने रहेको बताएका उनले उपभोक्ताहरुले मनाउने स्थानीय चाडपर्वहरु र संस्कृतिहरुसँगै हाम्रा ब्राण्डहरुलाई आबद्ध गराउन चाहेको उल्लेख गर्दै सनसिल्क ग्याङ्ग अफ गल्र्सको सक्रियता र सनसिल्क दशैँ भाइब्स त्यसैको अभिन्न अंग रहेको बताए ।

सनसिल्कको यसअघिको दशैँ भाइब्सले आफ्नो अनगिन्ती कोसेढुङ्गाहरु मध्ये फेसबुक, इन्स्टाग्राम र टिकटक भरमा ६ करोडभन्दा बढी भ्यूज प्राप्त गरेको थियो भने २ हजार ८ सय ५४ जनाले सहभागीता जनाएका थिए । यस वर्ष पनि सनसिल्क दशैँ भाइब्स २ ले त्यो संख्यालाई उछिन्दै नयाँ रेकर्ड कायम गर्ने अपेक्षा राखेको सनसिल्कले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस