कैलालीमा कांग्रेसले टोल–टोलमा अभियान संचालन गर्ने

सफल खबर संवाददाता

बुधबार, ०८ भदौ २०७९, १६ : ४६
कैलालीमा कांग्रेसले टोल–टोलमा अभियान संचालन गर्ने

काठमाडौं । नेपाली कांग्रेस कैलालीले टोल-टोलमा नेपाली कांग्रेस अभियान सुरु गर्ने भएको छ। बुधबार कैलालीको धनगढीमा बसेको क्षेत्रीय कार्य समितिको बैठकले जिल्लाकाे  क्षेत्र नं. ५ मा टाेलटाेलमा अभियान चलाउने निर्णय गरेको हो। क्षेत्रीय कार्य समिति अन्तर्गत रहेका २१ वडाका हरेक टोलमा कांग्रेसले ‘टोल–टोलमा कांग्रेस’ अभियान संचालन गर्ने नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ५का क्षेत्रीय सदस्य प्रदीप पाठकले जानकारी दिए। नेपाली कांग्रेसले आगामी निर्वाचनलाई लक्षित गरी देश ब्यापी संचालन गर्न लागेको ‘जनताको साथमा कांग्रेस’ अभियान अन्तर्गत क्षेत्रीय समितिले सो अभियान थालनी गरेको पाठकले जानकारी दिए।

भदौ ११ गतेदेखि सुरु हुने अभियान १५ दिनसम्म सञ्चालन गरिने बताइएको छ। सो अभियान सञ्चालन गर्न क्षेत्रीय समितिले क्षेत्रका २१ वटा वडामा प्रतिनिधि समेत खटाएको नेपाली कांग्रेस कैलाली क्षेत्र नं. ५ का क्षेत्रीय सभापति भीम पडालले बताए। 

अभियानका क्रममा नेपाली कांग्रेसले गरेको विकास, नीति तथा सिद्धान्तबारे सुसूचित गराउने र आगामी मंसिर ४ गते हुने निर्वाचनमा नेपाली कांग्रेसका उम्मेद्वारलाई बिजय गराउने रणनीति लिने सभापति पडालले बताए।

यस्तै सोही अभियानले हरेक टोलमा टोल समिति विस्तार नभएको भए समिति विस्तार गर्ने र सदस्यता वितरणलाई समेत तिर्वता दिने सभापति पडालको भनाई छ। यसअघि नेपाली कांगेस केन्द्रीय कार्यसमिति र सुदूपश्चिम प्रदेस कार्य समितिले समेत अभियानको लागि प्रतिनिधि खटाइसकेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस