कतार विश्वकपका लागि पाकिस्तानले सेना उपलब्ध गराउने

सफल खबर संवाददाता

बुधबार, ०८ भदौ २०७९, १४ : ०२
कतार विश्वकपका लागि पाकिस्तानले सेना उपलब्ध गराउने

काठमाडौं । पाकिस्तानको मन्त्रिपरिषद्ले कतारमा हुने फिफा विश्वकपको सुरक्षाका लागि सेना उपलब्ध गराउने सहमतिको मस्यौदालाई अनुमोदन गरेको छ । दोहा र इस्लामावादबीचमा हस्ताक्षर हुने सम्झौताको सारांश सोमबार मन्त्रिपरिषद्ले अनुमोदन गरेको थियो ।पाकिस्तानी सूचना मन्त्री मरियम औरंगजेबले मंगलबारबाट सुरु हुने पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफको कतार भ्रमणअघि रोयटर्स समाचार एजेन्सीलाई यो जानकारी दिएका हुन् ।  

दुई देशबीचको सम्झौता कहिले हुनेबारे टुंगो भने लागेको छैन । मन्त्रिपरिषद्को सारांशमा कतारले २० नोभेम्बरबाट सुरु हुने विश्वकपको सुरक्षा सम्बन्धी सहयोगको लागि अनुरोध गरेको र पाकिस्तानको सेनाले यस उद्देश्यका लागि दुवै देशबीच सम्झौतामा हस्ताक्षर गर्ने प्रस्ताव गरेको बताएको छ ।कति सेना पठाउन सकिन्छ भन्ने सम्झौताको कुनै विवरण दिइएको छैन । यसअघि जुलाईमा टर्कीका आन्तरिक मन्त्री सुलेमान सोयलुले विश्वकपका लागि ३२ सय ५० सुरक्षा अधिकारीहरू कतार पठाउने र अंकाराले प्रतियोगिताअघि कतारी सुरक्षाकर्मीहरूलाई प्रशिक्षण दिने बताएका थिए। 

दक्षिण कोरियाको एक समाचार एजेन्सीले जुनमा सियोलले आतंकवाद प्रतिरोधमा विशेषज्ञता हासिल गरेका पाँच जना प्रहरी अधिकारीहरूलाई कतार पठाउने र सुरक्षा, लडाई कौशल, गिरफ्तारी प्रविधि र मर्मतसम्भार जस्ता कानुन प्रवर्तनको क्षेत्रमा तालिम दिने उल्लेख गरेको थियो ।

प्रतिक्रिया दिनुहोस