१८ जुवाडे पक्राउ

सफल खबर संवाददाता

बुधबार, ०८ भदौ २०७९, १३ : ५७
१८ जुवाडे पक्राउ

काठमाडौं । काठमाडौं र कास्कीबाट १८ जना जुवाडे पक्राउ परेका छन् । 

काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका–८ बेशीगाउँबाट जुवातास खेलिरहेको अवस्थामा कागेश्वरी मनोहरा नगरपालिका–६ मूलपानी बस्ने ३६ वर्षीय भोला तिमिल्सेना समेत ११ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख १८ हजार २५० रुपैयाँ र एक बुक ताससहित पक्राउ गरेको हो ।कास्की, पोखरा महानगरपालिका–१० उत्तम चोकबाट लुडो खेलिरहेको अवस्थामा सोही महानगरपालिका–१९ पुरन्चौर बस्ने ३६ वर्षीय श्याम श्रेष्ठ समेत ७ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । 

वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनीहरूको साथबाट नगद २ लाख चार हजार ५०० रूपैयाँ बरामद गरेको छ । 

प्रतिक्रिया दिनुहोस