पौडी खेल्न क्रममा बेपत्ता शिक्षक मृत फेला

सफल खबर संवाददाता

बुधबार, ०८ भदौ २०७९, १२ : ५८
पौडी खेल्न क्रममा बेपत्ता शिक्षक मृत फेला

काठमाडौं । मध्यनेपाल नगरपालिकास्थित माडी नदीमा मङ्गलबार दिउँसो पौडी खेल्ने क्रममा बेपत्ता शिक्षक मृत फेला परेका छन्।

पोखरा महानरपालिका- ३२ घर भई मध्यनेपाल बहरेको मालिका आधारभूत विद्यालयमा शिक्षण पेसा गर्दै आएका ४५ वर्षीय बाबुराम अधिकारी आज बिहान तनहुँको व्यास नगरपालिका-१० बैरेनीस्थित धारापानीमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए।

उक्त शवको तनहुँ प्रहरीले मुचुल्का उठाउने र दमौली अस्पतालमै शव परीक्षण गरी आफन्तलाई बुझाइने प्रहरी निरीक्षक रेग्मीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस