साउदीमा कार्यरत नेपालीले जिते बम्परमा कार

सफल खबर संवाददाता

बुधबार, ०८ भदौ २०७९, १२ : ४४
साउदीमा कार्यरत नेपालीले जिते बम्परमा कार

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर नेपाल र साउदी अरबस्थित टेलिमनी बैंकको संयुक्त आयोजनामा सञ्चालन गरिएको ‘नेपाल पैसा पठाउनुहोस् र पुरस्कार जित्नुहोस्’ अफरका बम्पर विजेतालाई कार हस्तान्तरण गरिएको छ।  

भदौ ३ गते साउदीस्थित टेलिमनी सेन्टरमा आयोजित कार्यक्रमका बिच बम्पर उपहार (निसान सन्नी) कार  विजेतालाई पुरस्कार हस्तान्तरण गरिएको हो । महोत्तरीको राम गोपालपुर घर भइ हाल साउदीमा कार्यरत ३५ वर्षिय जम्सेद नदापलाई बम्पर पुरस्कार हस्तान्तरण गरिएको हो ।

जम्सेद विगत ६ बर्षदेखि साउदीमा काम गर्दै आइरहेका छन् । उक्त पुरस्कार हस्तान्तरण कार्यक्रममा नेपाली दूतावासका मिसन उपप्रमुख दिलिप कुमार पौडेल, सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन, टेलिमनी केन्द्र प्रमुखलगायतको उपस्थिति थियो । 

उपहार योजना नोभेम्बर  १, २०२१ देखि ६  महिनाको  लागि सन्चालन भएको थियो   । सो उपहार योजना अन्तर्गत साउदीको टेलिमनी बैंक मार्फत नेपालमा सिटी एक्सप्रेसमा रेमिटान्स रकम पठाउँदा १५ जनाले सामसुङ मोबाइल फोन , तीन  जनाले १० ग्राम सुन , तीन जनाले ५००० नगद साउदी रियाल , तीन जनाले आई फोन १३ प्रो माक्स र बम्परमा एक जनाले निसान सन्नी कार प्राप्त गरेका थिए ।  ती सबै पुरस्कारहरु २ / २ / २ महिना गरी  ६  महिना  सम्म विद्युतीय लक्की ड्रमार्फत  घोषणा गरिएको थियो र अन्तिममा बम्पर उपहारको घोषणा गरिएको हो । 

प्रतिक्रिया दिनुहोस