आज बिहान २२७ जना चालकहरू कारबाहीमा

सफल खबर संवाददाता

बुधबार, ०८ भदौ २०७९, १२ : १८
आज बिहान २२७ जना चालकहरू कारबाहीमा

 काठमाडाैँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले गर्दै आइरहेको विशेष सुरक्षा जाँचमा आज बिहान २२७ जना चालकहरू कारबाहीमा परेका छन्।

कारबाहीमा पर्नेमा १२५ जना पानी ट्याङ्करका चालक, ३ जना एम्बुलेन्स चालक, १ जना स्कूल बसका चालक र ९८ जना अन्य सवारी चालकहरू रहेका छन्।कारबाहीमा पर्नेमध्ये चार जना मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने रहेको कार्यालयले जनाएको छ।

मापसे गरी सवारी चलाउनेमा एक जना ट्याङ्कर चालक, एक जना एम्बुलेन्स चालक, एक जना स्कुल बसका चालक र एक जना अन्य सवारी साधनका चालक रहेका छन्।

प्रतिक्रिया दिनुहोस