चोटका कारण सानियाले युएस ओपन गुमाउने

सफल खबर संवाददाता

बुधबार, ०८ भदौ २०७९, ११ : ५८
चोटका कारण सानियाले युएस ओपन गुमाउने

काठमाडौं । भारतीय स्टार सानिया मिर्जा २९ अगस्टबाट सुरु हुने युएस ओपन टेनिस प्रतियोगिताबाट बाहिरिएकी छन् । उनले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत कुहिनोको चोटका कारण वर्षको अन्तिम ग्राण्डस्लाम टेनिस प्रतियोगिताबाट आफू बाहिरिएको घोषणा गरेकी हुन् ।

३५ वर्षीया सानियाले इन्स्टाग्राममा लेखेकी छन्, ‘हेल्लो साथीहरू, मसँग अहिले निकै नराम्रो समाचार छ । दुई हप्ता अघि क्यानाडामा खेल्दा मेरो कुहिनोमा चोट लागेको थियो र हिजो स्क्यान नगर्दासम्म मलाई थाहा थिएन कि यो कति खराब छ भनेर ।’

उनले लेखेकी छन्, ‘चोटका कारण म केही हप्ता कोर्टबाट बाहिर हुनेछु र युएस ओपन पनि खेल्न नसक्ने भएको छु । यसले मेरो रिटायरमेन्ट प्लानमा पनि परिवर्तन हुनेछ । म थप जानकारी पछि गराउने छु ।’  वुमन्स डबल्समा विश्व नम्बर १ बनिसकेकी सानियाले आफ्नो करियरमा ६ ग्राण्डस्लाम उपाधि जितेकी छन् । जसमा समान तीन वुमन्स डबल्स र मिक्स डबल्स उपाधि समावेश छन् । सानियाले वुमन्स डबल्समा अस्ट्रेलिया ओपन, विम्बल्डन र युएस ओपन तथा मिक्स डबल्समा अस्ट्रेलिया ओपन, फ्रेन्च ओपन र युएस ओपनको उपाधि हात पारेकी हुन् । 

प्रतिक्रिया दिनुहोस