साउनमा मात्रै भित्रिए ६२ करोडको बिद्युतीय गाडी

सफल खबर संवाददाता

बुधबार, ०८ भदौ २०७९, ११ : ४९
साउनमा मात्रै भित्रिए ६२ करोडको बिद्युतीय गाडी

काठमाडौं । नेपालमा साउन महिनामामात्रै २ सय ११ ओटा बिद्युतीय सवारी साधन भित्रिएका छन् । भन्सार विभागको तथ्यांक अनुसार ६२ करोड रुपैयाँ बराबरका २ सय ११ वटा विद्युतीय सवारीहरु नेपाल भित्रिएका हुन् ।

सबैभन्दा धेरै विद्युतीय गाडी भारतबाट आयात भएको छ भने त्यसपछि क्रमशः दक्षिण कोरिया र चिनबाट भित्रिएका छन् ।गत आर्थिक बर्षमा १८ सय भन्दा बढी बिद्युतीय सवारी आयात भएको थियो। सरकारले बिद्युतीय सवारीको करमा छुट गरे पछि विद्युतीय सवारी खरिद गर्ने नेपालीको संख्या क्रमशः बढदै गएको छ।

नेपालमा अहिले टाटा कम्पनीकाे नेक्जाेन इभी टिग्याेर इभि, हुण्डाईकाे काेना र आयाेनिक फाइभ, सिजीले भर्खरै नेटा भि कार चिनबाट भित्र्याएकाे छ । त्यस्तै टेस्ला, एमजीकाे इभि गाडीकाे विक्री भैरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस