४२ लाख कित्ताको आईपिओ निष्कासन गर्दै हिमपर्वत हाइड्रोपावर

सफल खबर संवाददाता

बुधबार, ०८ भदौ २०७९, ११ : ४६
४२ लाख कित्ताको आईपिओ निष्कासन गर्दै हिमपर्वत हाइड्रोपावर

काठमाडौं । हिमपर्वत हाइड्रोपावर लिमिटेडले आईपिओ निष्कासन गर्ने भएको छ ।कम्पनीले प्राथमिक सेयरको निष्कासनको विशेष प्रस्ताव अनुमोदन गर्न आउँदो भदौ ८ गते वार्षिक साधारणसभाको आयोजना गरेको छ ।

कम्पनीले १४ लाख कित्ताको आईपिओ निष्कासन गरी प्रभावित स्थानीय तथा २८ लाख कित्ता सेयर सर्वसाधारण गरी जम्मा ४२ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने तयारी छ । कम्पनीले सेयर बिक्री प्रबन्धकमा सीबीआईएल क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ 

हिमपर्वत हाइड्रोपावर लिमिटेडले दोलखा जिल्लामा २० मेगावाटको साँघुखोला र ५.५० मेगावाटको साँघुखोला–१ जलविद्युत आयोजना गरी जम्मा २५.५० मेगावाटका दुई जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस