अघिल्लो साउनको तुलानामा यो पटक २८.६८ प्रतिशतले घटयो निर्यात

सफल खबर संवाददाता

बुधबार, ०८ भदौ २०७९, ११ : ४४
अघिल्लो साउनको तुलानामा यो पटक २८.६८ प्रतिशतले घटयो निर्यात

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा १४ अर्ब ८० करोड बराबरको वस्तु निर्यात भएको छ । गतवर्ष २० अर्ब ७६ करोडको निर्यात भएको थियो । अघिल्लो वर्षको तुलनामा यो वर्ष २८.६८ प्रतिशतले गिरावट आएको हो ।

यसैगरी,चालु वर्षको पहिलो महिनामा १ खर्ब ३१ अर्बको मात्र सामान आयात भएको छ ।अघिल्लो आर्थिक वर्षको साउनको भन्दा यो पटक १२ प्रतिशतले समान आयातमा कमी आएको भन्सार विभागले बताएको छ ।

विदेशी संचितिमा दबाब परेको भन्दै सरकारले विलासी समानहरुमा प्रतिवन्ध लगाउँदा अघिल्लो आर्थिक वर्षको साउन महिनाको तुलनामा चालु आर्थिक वर्षमा साउन महिनामा १२ प्रतिशतले आयात घटेको हो । गत वर्षको सोही अवधिमा १ खर्ब ५० अर्बको आयात भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस