सूर्योदय वोमी लघुवित्तको शेयर बिक्रीमा

सफल खबर संवाददाता

बुधबार, ०८ भदौ २०७९, ११ : ४२
सूर्योदय वोमी लघुवित्तको शेयर बिक्रीमा

काठमाडौं । सूर्योदय वोमी लघुवित्तले संस्थापक शेयर विक्रीमा ल्याएको छ । लघुवित्तले संस्थापक समूहको ६२ हजार ९८७ संस्थापक शेयर बिक्री गर्ने लागेको हो ।

कम्पनीका ७ जना संस्थापक शेयरधनीहरुले आफनो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो । उक्त संस्थापक शेयर खरीद गर्न इच्छुक व्यक्ति तथा संघसंस्थाहरुले सूचना प्रकाशित भएको ( भदौ ८) मितिबाट ३५ दिनभित्र कम्पनीको शेयर रजिष्ट्रार कुमारी क्पापिटल लिमिटेड, नागपोखरी, नक्साल काठमाडौं वा सूर्योदय वोमी लघुवित्तको केन्द्रिय कार्यालय बनेपा १३ साँगा, काभे्रपलाञ्चोकमा आईपुग्नेगरी निवेदन दिनुपर्नेछ ।

यस अघि लघुवित्तले विद्यमान संस्थापक शेयरधनीहरुलाई प्राथमिकता दिदै शेयर खरिदका लागि ३५ दिने सूचना प्रकाशित गरेकोमा सो अवधि भित्र विद्यमान संस्थापकबाट शेयर खरिदका लागि कुनै पनि आवेदन नपरेपछि अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाएको हो ।

प्रतिक्रिया दिनुहोस