सामाजिक सञ्जाल ट्वीटरका पूर्वसुरक्षा प्रमुखले ट्वीटर राष्ट्रिय सुरक्षाका लागि जोखिमपूर्ण रहेको दाबी ग

सफल खबर संवाददाता

बुधबार, ०८ भदौ २०७९, ११ : ३२
सामाजिक सञ्जाल ट्वीटरका पूर्वसुरक्षा प्रमुखले ट्वीटर राष्ट्रिय सुरक्षाका लागि जोखिमपूर्ण रहेको दाबी ग

काठमाडौं । सामाजिक सञ्जाल ट्वीटरका पूर्वसुरक्षा प्रमुखले ट्वीटर राष्ट्रिय सुरक्षाका लागि जोखिमपूर्ण रहेको दाबी गरेका छन्।

विस्लब्लोअरका रूपमा अघि आएका ट्वीटरका पूर्वसुरक्षा प्रमुख पाइटर जाट्कोले प्रविधि कम्पनीले प्रयोगकर्ता र अमेरिकी नियामक निकायबीच खाडल काम गरेको र त्यो सुरक्षाका लागि जोखिमपूर्ण रहेको बताएका हुन्।

ट्वीटरले कति फेक र स्प्याम एकाउन्ट छन् भन्ने बारे सही आँकलन गर्न नसकेको उनले उल्लेख गरेका छन्। ट्वीटरमाथि लागेको यो आरोपले अर्बपति इलन मस्कसँगको कानूनी लडाइँमा कम्पनीलाई घाटा लाग्ने सम्भावना छ।

मस्क ट्वीटर ४४ बिलियन अमेरिकी डलरमा किन्ने सम्झौताबाट बाहिरिन चाहेका छन्। त्यसविरुद्ध ट्वीटर अदालत गएका बेला सुरक्षालाई लिएर गोप्य सूचना बाहिरिएको हो।ट्वीटरले जाट्कोको आरोप गलत रहेको दाबी गरेको छ। गएको जनवरीमा उनी बर्खास्त भएको र त्यसको कारण कमजोर नेतृत्व र प्रदर्शन रहेको उल्लेख छ।

प्रतिक्रिया दिनुहोस