स्टार फुटबलर जिल स्कटले लिइन् सन्यास

सफल खबर संवाददाता

बुधबार, ०८ भदौ २०७९, ११ : ०३
स्टार फुटबलर जिल स्कटले लिइन् सन्यास

काठमाडौं । इङ्ल्यान्डकी स्टार जिल स्कटले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेकी छन् । 

३५ वर्षीय स्कटले मंगलबार संन्यासको घोषणा गरेकी हुन् । ‘आज म फुटबललाई अलविदा भन्दैछु । तर, म यसलाई उत्सवको रुपमा मनाउने छु । अनुहारमा उदास छैन,’ उनले भनिन् । 

इङ्लिस मिडफिल्डर स्कटले एभर्टन र म्यानचेस्टर सिटीबाट व्यावसायिक फुटबल खेलेकी थिइन् ।  इङ्ल्यान्डले युरो २०२२ जित्दा उनी टिमकी महत्वपूर्ण सदस्य थिइन् । उनले इङ्ल्यान्डबाट सन् २००७ मा डेब्यु गरेकी थिइन् ।

स्कटले राष्ट्रिय टिमबाट एक सय पाँच खेल खेल्दा २१ गोल गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस